कालीकाेट जिल्ला शुभकालिका गाउँपालिकाले २२ औँ राष्ट्रिय धान दिवस मनाईएको छ । शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीको नेतृत्वमा राष्ट्रिय धान दिवस दिनभर उत्साह पूर्ण रूपमा मनाइएको थियो। धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने मूल नाराका साथ २२ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी शुभकालिका गाउँपालिका भरि मनाइएको हाे ।
उक्त कार्यक्रममा शुभकालिका गाउँपालिकाका सम्पूर्ण कर्मचारी, स्थानीय नागरिक, पत्रकार, नागरिक समाज, लगायत, सम्पूर्ण सरोकारवालाहरूको सहभागितामा भव्य कार्यक्रम गरिएको थियो । नेपालमा गाउँपालिकाले प्रत्येक वर्ष असार १५ (जून २९) लाई राष्ट्रिय धान दिवसका रूममा मनाउँदै आइरहेको छ । असार १५ लाई भारतीय वर्षा सुरु हुने समयमा धान रोपाइँको औपचारिक शुभारम्भ मानिन्छ । यो परम्परा धेरै पुरानो छ र सरकारले यसलाई सन् २००४ (२०६१ बीएस) मा औपचारिक रूपमा राष्ट्रिय धान दिवस घोषणा गरेको छ। धान देशको मुख्य अन्न भएकाले धान उत्पादन बढाएर खाद्य सुरक्षालाई बलियो बनाउने, आत्मनिर्भरता बढाउने र आयात घटाउने उद्देश्यले याेदिवस मनाइयाेकाे गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले बताउनु भयाे । यस पर्वले किसानहरुमाझ सहकार्य, स्थानीय संस्कृति र कृषि परम्पराहरूप्रति आत्मगौरव जगाउँने बताउनु भयाे ।रोपाइँ गर्ने क्रममा गीत मागल झाेडा आदिईत्यादी गित हरु गाइन्छ, माटोमा खेलिन्छ, अनि “दही चिउरा” खाएर उमंग तथा जोश बढाइएको गाउँपालिकाकी उपाध्यक्ष शाहीले बताउनुभयो । सरकारले धान उत्पादनमा आधुनिक प्रविधि, मौसम‑अनुकूल खेती, सिंचाइ सुधार, मल तथा बीउको सहज पहुँचजस्ता पहलहरू अघि सार्ने बताउनु भयाे

तिलाप्रेस । १५ असार २०८२, आईतवार २१:००