श्री बडिमालिका मा.वि.लाई समाजसेवी सुरेश शाही ’सेरसिङ’द्वारा पाँच लाख रुपैयाँको चन्दा घोषणा

कालिकोट : रास्कोट नगरपालिका–५ मा अवस्थित श्री बडिमालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठनको चर्चा चलिरहेको समयमा समाजसेवी तथा निर्माण व्यवसायी सुरेश शाही ’सेरसिङ’ले विद्यालयलाई पाँच लाख रुपैयाँ चन्दा दिने घोषणा गर्नुभएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

शाही नेपाली काँग्रेस भित्रको भातृ संगठन नेपाल तरुण दल, कालिकोट जिल्ला क्षेत्र नं. ख का अध्यक्ष समेत रहेका छन् । विद्यालयमा सुधार, सुविधा र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आफूलगायत सबैको सक्दो सहयोग आवश्यक रहेको बताउँदै शाहीले विद्यालयको भविष्यप्रति गहिरो चासो रहेको हुदाँ वि ब्य स अध्यक्षमा आफ्नाे उम्मेदवारी रहेकाे बताए । शाहिले भन्नुभयाे बाजे सत्य बहादुर शाही को बिडो थाम्नेकाे लागि पनि आफूले उम्मेदवारी दिएकाे र वाजेले विद्यालय प्रति गरेकाे महत्त्वपूर्ण भूमिकालाई आत्मसात गरेर अगाडि बढ्ने समेत उहाँले बताउनु भयाे ।

कर्णाली प्रदेशकै उत्कृष्ठ विद्यालयका रूपमा परिचित श्री बडिमालिका मा.वि.मा हाल वि.व्य.स. गठनको प्रक्रिया तीव्र रूपमा अगाडि बढिरहेको छ । हालसम्म वि.व्य.स. पदाधिकारी चयनको लागि ५६ जना उम्मेदवार दर्ता भइसकेका छन्, जसमा ३३ पुरुष र २३ महिला उम्मेदवार रहेका छन्  ।

तपाईको प्रतिक्रिया