कालिकोट : जिल्ला कृषि विकास कार्यालय कालिकोटले विविध कार्यक्रमको आयोजना गरि २२ औं राष्ट्रिय धान दिवस खाँडाचक्र नगरपालिका ३ ताडिमा भव्य रूपमा मनाएको छ । धान बालीमा सघनता ,,खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ जिल्ला कृषि विकास कार्यालय कालिकोटको आयोजना तथा पशु अस्पताल तथा पशु सेवा कार्यालय कालिकोटको समन्वयमा २२ औं राष्ट्रिय धान दिवस मनाइएकाे हो।
कार्यक्रमलाई औपचारिक रूपमा उद्घाटन गर्दै कृषि विकास कार्यालय कालिकोटका प्रमुख चन्द्र बहादुर शाहीले धान उत्पादनमा वृद्धि गरी स्थानीय तहमै खाद्य आत्मनिर्भरता हासिल गर्न सकिने बताउनु भयो । कृषिमा आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्ने र त्यसका लागि परम्परागत प्रणालीलाई परिमार्जन गरी आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषि प्रणालीको अवलम्बन गर्न सके कृषि पेशामा अझैं आत्मनिर्भर बन्न सकिने प्रमुख शाहीले बताए ।
त्यस्तैे रास्कोट नगरपालिकाले पनी २२ औं राष्ट्रिय धान दिवश विविध कार्यक्रम गरि मनाएको छ । धान दिवस कार्यक्रममा बोल्दै रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही पोषण तथा उपप्रमुख मनिराज बरालले धान दिवस मनाउनुको उद्देश्य कृषकहरूमा जागरूकता बढाउनुका साथै समृद्ध कृषिमा आधारित समाज निर्माणतर्फ अगाडि लम्कियोस् भन्ने हेतृले हरेक वर्ष हामिले राष्ट्रिय धान दिवस मनाउँदै आएको समेत उहाँले जानकारी दिनुभयो ।

उक्त दिवशमा स्थानीय किसान,जनप्रतिनिधि विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधी कर्मचारी पत्रकार लगाएतको उल्लेखनीय सहभागिता रहेको थियो । २२ औं राष्ट्रिय धान दिवस जिल्लाका नौं वटै स्थानीय तहले विविध कार्यक्रम सहित दिवश मनाएका छन् ।
तिलाप्रेस । १५ असार २०८२, आईतवार १७:११