धनकर्ण विश्वकर्मा कालिकोट: जिल्लाको पलाँता गाउँपालिका वडा नं. २ अन्तर्गत श्री सिद्धनाथ आधारभूत विद्यालय, लार्फमा आयोजना गरिएको नमुना परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक स्तर मूल्याङ्कन गर्दै उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूको सम्मान समेत गरिएको छ ।
त्यस्तै कार्यक्रममा कक्षा २ र ५ का गरी जम्मा ७५ वटा विधार्थीहरुको सहभागीता रहेकोे थियो । जसमध्ये कक्षा ५ को उत्कृष्ट नतिजा ल्याउन सफल श्री सिद्धनाथ आवि लार्फ का छात्र राजेन्द्र दमाईले ४४ अङ्क प्राप्त गरेर प्रथम स्थान हासिल गरेका छन भने दाेस्राे स्थान हासिल गर्नेमा सरस्वती मावि राडुनेटाका कश्यप हमाल रहेका छन, त्यस्तै तेस्रो स्थान हासिल गर्नेमा सिद्धनाथ आविका छात्र विराज विश्वकर्मा र सरस्वती मावि का अविशेक राेकाया रहेका छन् त्यस्तै कक्षा २ को उत्कृष्ट नतिजा ल्याउन सफल मष्टा आ वि वाँन्जडाका छात्रा समीक्षा प्याकुरेलले ४० अंक सहित प्रथम स्थान हासिल गरेकि छन् भने सरस्वती मावि राडुनेटाका छात्र पुष्पराज दमाई र छात्रा पुजा प्याकुरेल ले दाेस्राे स्थान हासिल गरेका छन् , साथै तेस्रो हुनेमा जनता आवि सितलगाउँका छात्रा समिता न्याैपाने रहेकी छन्

कार्यक्रममा श्री सिद्धनाथ आविका प्रधानाध्यापक कृष्ण कामीको सभाअध्यक्षता तथा वडा नं. २ का वडा अध्यक्ष एवं सामाजिक शाखा संयोजक भिमप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावकको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै भिमप्रसाद न्यौपानेले आफ्नो कार्यकालको अन्त्य नजिकिएसँगै शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिँदै अगाडि बढिरहेको समेत उहाँले बताउनु भयो । कार्यक्रम सञ्चालकको भूमिका निर्वाह भने शिक्षक धनकर्ण विश्वकर्माले गर्नुभएको थियो ।
तिलाप्रेस । १४ असार २०८२, शनिबार ०७:३०