घर–घरमा खानेपानीको धारा आएपछि स्थानीय हर्षित

कालीकोट: जिल्लाको रास्कोट नगरपालिका वडा नं. ३ अन्तर्गत सागटिया खानेपानी तथा सरसफाइ योजना र कुमालवाडा नैकला खानेपानी तथा सरसफाइ योजना संयुक्त रूपमा एक औपचारिक समारोहका बीच उद्घाटन गरिएको छ । एकीकृत जलस्रोत व्यवस्थापन (वाम्पी) कार्यक्रम अन्तर्गत हेल्भेटास नेपाल र रास्कोट नगरपालिकाको आर्थिक सहयोगमा, मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक–नेपाल, कालीकोट) को प्राविधिक तथा सामाजिक परिचालनमा वडा नं.३ मा कुल १ सय ८१ एक घर एक धारा निमार्ण गरिएका छन् । उद्घाटन समारोह कुमालवाडा नैकला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष मन्दिरे कुमालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाही (पोषण) प्रमुख अतिथ्यता रहेको थियो भने नगर उपप्रमुख मनिराज बराल र हेल्भेटास नेपालका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डेको विशेष अतिथ्यता रहेका थिए ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

खानेपानीको उद्घाटन गर्दै रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही (पोषण) र उपप्रमुख मनिराज बरालले रास्कोट नगरपालिकाका आम् नागरिकलाइ शुद्ध खानेपानीको पहुँच पु¥याउने लक्ष्य अनुरुप आज वडा नं.३ मा खानेपानीको उद्घाटन गर्न पाउँदा एकदमै खुसी महसुश गरेका छन् ।। कार्यक्रममा रास्कोट नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजेन्द्र नाथ योगी, वडा नं. ४ का अध्यक्ष दिनेश संज्याल, वडा नं. ५ का अध्यक्ष मन तिरुवा, नगर कार्यपालिका सदस्यहरू, हेल्भेटास नेपालका वास अधिकृत चन्द्र प्रकाश के.सी., हुरेन्डेक नेपालका फिल्ड प्राविधिक संयोजक राजेन्द्र बहादुर शाही, फिल्ड प्राविधिक बसन्तजंग शाह, सामाजिक सहजकर्ता धर्मराज सेजूवाल,स्थानीय नागरिककोे उल्लेखनीय उपस्थिति रहेको थियो ।

योजनाको सुरुआतदेखि पूर्णता सम्म साथ र सहयोग गर्ने सबै सरोकार निकायहरूलाई हार्दिक धन्यवाद दिँदै मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक–नेपाल, कालीकोट) का उपाध्यक्ष खडानन्द अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।

तस्बिर हरु

 

 

तपाईको प्रतिक्रिया