कालिकोट : अछामको रामारोशन गाउँपालिकाले गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरूका लागि प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम सुरु गर्ने भएको छ ।गाउँपालिकाले हालै पारित गरेको ’दलित समुदायका छात्र–छात्रालाई प्राविधिक शिक्षा छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०८२’ अनुसार प्रत्येक वर्ष कक्षा १० (SEE)मा उत्कृष्ट अंक ल्याउने दलित समुदायका एक जना छात्र र एक जना छात्रालाई कक्षा ११ र १२ मा विज्ञान विषय सहितको प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताउनु भएको छ । साथै उहाँले कार्यविधि यही वर्षदेखि कार्यान्वयनमा ल्याइने बताउनु ।
उक्त कार्यक्रम अन्तर्गत छात्रवृत्तिका लाभग्राही विद्यार्थीहरूले विज्ञान तथा प्राविधिक शिक्षामा अध्ययन गर्न सक्ने वातावरण पाउने छन्, जसले उनीहरूको भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने सकिने गाउँपालिकाले विश्वास लिएको छ । त्यस्तै गाउँपालिका अध्यक्ष मान बहादुर साउद ले यो पहलले शिक्षा क्षेत्रमा सामाजिक समावेशिता र समान अवसर सुनिश्चित गर्न मद्दत पु¥याउने उहाले बताउनु भएको छ । रामारोशन गाउँपालिकाको यो निर्णयले दलित समुदायका छात्र–छात्राको प्राविधिक तथा विज्ञान शिक्षामा पहुँच बढाउने दिशामा गाउँपालिकाले उल्लेखनीय भूमिका खेल्ने छ ।

तिलाप्रेस । १० असार २०८२, मंगलवार २१:३९