रास्कोट लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

कालिकोट : जिल्लाको रास्कोट नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । स्थानीय दायित्व र सहभागिता पूर्ण खोप सुरक्षित भविष्य,भन्ने मूल नारासहित मंगलबार नगरपालिकालाई जिल्लाको छैटौं पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो पूर्णखोप समन्वय समितिको निरन्तर अनुगमनपछि जिल्ला समन्वय समितिकी उपप्रमुख तथा खोप समिति सह–संयोजक मिना रावत विश्वकर्माले औपचारिक रूपमा रास्कोट नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गर्नुभएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

रास्कोट नगर प्रमुख धर्मराज शाही (पोषण)को अध्यक्षता र उपप्रमुख मिना रावल विश्वकर्माको प्रमुख आतिथ्यमा पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो । घोषण कार्यक्रममा नगर उपप्रमुख मनिराज बराल, अस्पताल विकास समिति कालीकोटका अध्यक्ष गगन बहादुर मल्ल, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. भीष्म पोखरेलको विशेष आतिथ्यता रहेको थियो । घोषणा कार्यक्रममा सम्पूर्ण वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख तथा प्रतिनिधी,राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकमी लगाएतको उल्लेखनीय सहभागिता रहेको थियो ।

घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले रास्कोट नगरपालिकाले खोपको पहुँच, सेवा प्रभावकारिता र अभिलेख व्यवस्थापन जस्ता मापदण्ड अनुसारका सबै सुचकहरु पूरा गरेर हामिले घोषणा गर्न सफल भएको बताए । साथै उहाँले भन्नु भयो जनस्वास्थ्यको क्षेत्रमा रास्कोटले यो उपलब्धि प्राप्त गर्नु गौरवको विषय भएको भन्दै अझै स्वास्थ्य क्षेत्रमा प्रतिबद्ध भएर अगाडी बढ्ने उहाँको भनाइ रहेको छ ।नगर उपप्रमुख बरालले सामुदायिक स्तरमा जनचेतना र स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनतले रास्कोट लाई पूर्ण खोप पालिका घोषणा गर्न सफल भएको उहाँले प्रशंसा गर्नुभएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. भीष्मप्रसाद पोखरेलले भन्नुभयो,पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ मा उल्लेखित सबै मापदण्ड पूरा भएपछि मात्रै कुनै पालिकालाई पूर्ण खोप घोषणा गरिन्छ । त्यो मापदण्ड रास्कोट नगपालिकाले पूरा गरेको हुँदा हामिलाई घोषणा गर्नु सहज भएको बताए ।अस्पताल विकास समिति अध्यक्ष गगनबहादुर मल्लले स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यका कारण रास्कोटमा स्वास्थ्यसेवा थप सुदृढ हुँदै गएको उहाँले प्रशंसा समेत गर्नुभएको छ । त्यस्तै स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले ९ वटा स्थानीय तह मध्य ६ वटा स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेको र अव बाँकी रहेका खाँडाचक्र नगरपालिका ,तिलागुफा नगरपालिका र पलाता गाउँपालिकालाई पनी छिट्टै घोषणा गरिने बताउनु भयो ।

तपाईको प्रतिक्रिया