कालिकोट : सान्नी त्रिवेणी गाउँपालिकाको १६ औँ गाउँ सभा सम्पन्न भएको छ । कृषि पर्यटन जलजंगल हाम्रो पहिचान, शिक्षा, स्वास्थ्य रोजगार हाम्रो मौलिक सान भन्ने मुल नाराका साथ १६ औँ गाउँ सभा सम्पन्न भएको हो । असारको १० गते भित्र तिनै तहका सरकारका आगामि निति तथा कार्यक्रम र बजेट पेस हुने कानुनि ब्यवस्था अनुसार गाउँपालिकाकाले आज आगामि आर्थिक वर्ष २०८२।०८३ को निति तथा कार्यक्रम र वजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालले जानकारी दिनुभयो ।
गाउँपालिकाले शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याएको र त्यहि अनुसार वजेट ल्याएको गाउँपालिका अध्यक्ष अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । उहाँले गुणस्तरीय शिक्षाका लागि, जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउने, काज सरुवा तथा पालिकामा उत्कृष्ट काम गर्ने शिक्षकहरुलाई सम्मान गर्ने लिएको बताउनु भयो ।
पालिका भित्र रहेका वााझो जमिनमा समुह बनाएर कृषि खेति गर्नेलाई पालिकालाई उचित सल्लाह सहित प्रोत्साहन गरिने र अनुदान पनि दिने निति लिइएको छ । यस्तै पालिकालाई डिजिटल पालिका निर्माण गर्ने र पालिका स्तरीय खेलकुद शिक्षक, क्रीकेट र फुडबल खेल मैदान निर्माण पर्यटन प्रबद्धन तथा प्रचार प्रसार गर्ने निति लिइएको अध्यक्ष केसीले बताउनु भयो । भौतिक संरचनाको निर्माण, सञ्चालन, व्यवस्थापन तथा उपायोग गर्ने, सरक्षित र सहज खानेपानीको पहुँच सुनिश्चितता गर्ने, आत्मनिर्भर उद्यमशिल रोजगारमुलक जनशक्ती निर्माण गर्ने, नविन, प्रभावकारी, गुणस्तरीय, व्यवसायिक, प्रतिस्पर्धी र सीपमुलक शिक्षा प्रणालीको विकास गर्ने, कार्यालयका सम्पुर्ण कार्यहरुलाई डिजिटालाइजेसन गर्दै पेपरलेस गाउँपालिका कायम गर्ने आगामि आर्थिक वर्षको बजेट तथा कार्यक्रमका प्राथमिकता र उद्देस्यहरु रहेका छन ।
आगामि आर्थिक वर्षको वजेट भाषण गर्दै गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले ४१ करोड ९२ लाख ६२ हजार ४१ रुपैयाँ ४६ पैशा विनियोजन गरेको बताउनु भयो । कुल विनियोजन रकम मध्य चालु खर्च तर्फ ३२ करोड ८१ लाख ७२ हजार १ सय ७३ रुपैयाँ ४६ पैशा र पुँजीगत तर्फ ९ करोड १० लाख ८९ हजार ८ सय ६८ रुपैयाँ अनुमान गरेको बताउनु भयो ।
यस्तै सान्नी त्रिवेणी गाउँपालिकाले आगामि आर्थिक वर्षमा ४७ लाख २५ हजार रुपैँया आन्तरीक श्रोत तथा राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । शिक्षामा १ बकरोड ९१ लाख स्वास्थ्यमा २० लाख, पशुपन्छी विकासका लागि १३ लाख, कृषिका लागि ९ लाख रुपैयाँ विनियोजन गरेको छ । वडा कार्यालयको चालु खर्च तर्फ ३२ लाख ४० हजार पुाजीगत तर्फ २ करोड ७ लाख विनियोजन गरिएको छ ।
विपद व्यवस्थापनमा २० लाख, रोजगार आयोजना संचालनका लागि ३९ लाख ७२ हजार, दलित लक्षित कार्यक्रम ७ लाख, शहिद तथा वेपत्ता परिवारको सम्मानर घाईते भएका व्यक्तीहरुका लागि ३ लाख रकम विनियोजन गरेको छ ।
यस्तै चालु आर्थिक वर्षका लागि विनियोजन रकम ३९ करोड ६१ लाख ६२ हजार ९ सय ३७ रुपैयाँमा विनियोजन गरिएकोमा स्थानिय सञ्चित कोषमा हाल सम्म ३४ करोड २२ लाख ८५ हजार २ सय ८९ रुपैयाँ आम्दानी भएको छ । कुल आम्दानि मध्ये हाल सम्म २२ करोड ७३ लाख ९९ हजार ३ सय ९० अर्थात कुल बजेटको ५७.४ प्रतिशत खर्च भएको छ ।
जनताका आधारधुत आवश्यकता पुरा हुने र यहाँको परिवेस अनुसार सुहाउँदो निति तथा कार्यक्रम वजेट ल्याएको जिल्ला समन्वय समिति प्रमुख धनजित शाहीले बताउनु भयो । उहाँले देशमा ३ वटा सरकार भएपनि नागरिकहरुसँग प्रत्यक्ष जोडिएको स्थानिय सरकार भएकाले १६ औँ गाउँसभाले ल्याएको निति तथा कार्यक्रम र बजेटलाई सहि तरिकाले कार्यान्वयन गर्न सुझाव दिदै सफल गाउँ सभाको शुभकामना ब्यक्त गर्नुभयो ।

तिलाप्रेस । १० असार २०८२, मंगलवार २१:४७