रास्कोट नगरपालिकाले ल्यायो ४७ करोड भन्दा बढीको  बजेट

कालिकोट — रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४७ करोड २२ लाख ८२ हजार ५५१ रुपैयाँको बजेट ल्याएको छ। शनिबार सम्पन्न १६औँ नगरसभामा नगर प्रमुख तथा सभाध्यक्ष धर्मराज शाहीले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्नुभएको हो।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

नगर उपप्रमुख मनिराज बरालले बजेट प्रस्तुती गर्नुहुँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन, रोजगारी, सामाजिक सुरक्षा, सूचना प्रविधिलगायत क्षेत्रमा विशेष जोड दिइएको जानकारी दिनुभयो। नगरसभामा कालिकोटका जन्मदाता धर्मदत्तको सम्झनामा ‘धर्मदत्त आधारभूत विद्यालय’ स्थापना गर्ने घोषणा गरिएको छ। साथै, समावेशी र दिगो विकासलाई प्राथमिकता दिइने बताइएको छ। सभामा जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले नीति तथा कार्यक्रम कार्यान्वयनमा पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया