कालिकोट: जिल्लाको पचालझरना गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि अनुमानित ४३ करोड ८६ लाख २९ हजार ३ सय ५२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यससाथै, पचालझरना गाउँपालिका चालु आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने कालिकोटको पहिलो स्थानीय तह बनेको छ ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ अनुसार असार १० गतेभित्र नीति तथा कार्यक्रमसहित बजेट पेश गर्नु पर्ने कानुनी व्यवस्था छ। सोही अनुसार, गाउँपालिकाकी उपाध्यक्ष अल्किना बम वविताले शुक्रबार गाउँसभामा बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर बमका अनुसार, सभामा प्रस्तुत बजेटसँगै आगामी वर्षको नीति तथा कार्यक्रम पनि गाउँपालिका अध्यक्ष देवराज शाहीको अध्यक्षतामा पारित गरिएको बताउनु भयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष बमले आज गाउँसभामा आगामी आर्थिक वर्षको आय–व्यायको बिवरण पेस गर्दै आगामी आर्थिक वर्षको लागी नेपाल सरकार वाट बित्तिय समानिकरण रू ८ करोड ५० लाख ८९ लाख रहेको छ भने संघिय समपुरक अनुदान स्वरूप रू ८० लाख रहेको छ । त्यस्तै संघिय बिशेष अनुदान तर्फ रू ४ करोड रहेको छ । नेपालसरकारवाट प्राप्त शसर्त अनुदान १७ करोड ५७ लाख रहेको छ । त्यसै गरी संघिय राजश्व बाडफाड तर्फ ८ करोड ५५ लाख ७३ हजार ३ सय ५२ छ भने प्रदेश सरकारवाट बित्तिय समानिकरण अनुदान १ करोड १२ लाख रहेको छ भने प्रदेश सरकारवाटै सशर्त अनुदान तर्फ २ करोड १५ लाख २५ हजार प्राप्त भएको बताईएको छ । कर्णालि प्रदेश सरकारको बिषेश अनुदान तर्फ ५० लाख प्रदेशको राजश्व बाडफाडबाट रू ४ लाख ७६ हजार रहेको बताईएको छ ।त्यस्तै चालु तर्फ जम्मा २७ करोड ९१ लाख ३२ हजार ३ सय ५२ बिनियोजन गरीएको छ ।आन्तरिक आय तर्फ जम्मा २२ लाख मात्र अनुमान गरिएको छ ।त्यस्तै लक्षित बर्गको क्षमता बिकास ,पर्यटन प्रबद्वन ,सामाजिक सुरक्षा ,कृषि पसु ,जिबिको पार्जन , रोजगारी र भौतिक पुर्वाधारलाई प्राथामिकतामा राखिएको छ ।गाउसभामा यस अघि सभाका अध्यक्ष तथा पालिका अध्यक्ष देबराज शाहीले पेसको आगामी आबको निति तथा कार्यक्रम पनि पास गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर बमले बताउनु भयो ।यसै गरि शनिवार रास्कोट नगरपालिकाले पनि नगरसभा मार्फत बजेट सार्वजनिक गर्दै छ । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि पचालझरना गाउँपालिकाले सुक्रबार बजेट सार्वजनिक गरेको हो ।

तिलाप्रेस । ६ असार २०८२, शुक्रबार २०:१६