कालिकोट : जिल्लाको पचालझरना गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको छ । ’स्थानीय दायीत्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ विहिवार जिल्ला समन्वय समिति कालिकोटका प्रमुख तथा खोप समन्वय समितिका संयोजक धनजित बहादुर शाहीले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । पचालझरना गाउँपालिकाले उत्साह र उमङ्गका साथ काम गरेर पालिकालाई पूर्ण खोप बनाउन सहज भएको बारे जानकारी दिदै स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र संज्यालले यो अभियानले निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । यो अभियानमा सहयोग पुर्याउने स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयमसेबिका र वडा स्थित स्वास्थ्यकेन्द्रहरूलाइ सम्मान गरिएको समेत स्वास्थ्य शाखा प्रमुख सन्ज्यालले बताउनु भयो । पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्नका लागी महत्वपूर्ण भूमिका खेलेकोमा समन्वय प्रमुख शाहीले पचालझरना गाउपालिका अध्यक्ष देबराज शाही र उपाध्यक्ष अल्किना बम लाई प्रमाणपत्र हस्तान्तरण समेत गर्नु भएको हो ।सो अवसरमा पालिका अध्यक्ष देबराज शाहीको अध्यक्षयतामा खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र सन्ज्यालले बताउनु भयो । उहाँले राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिका भित्र रहेको सम्पूर्ण वडाका उमेर समूहका बालबालिकालाई खोप लगाएर पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।गाउपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको भेटघाट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्न सहज भएको हो ।।खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिनुभयो ।पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि पचालझरना गाउपालिकाका प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको र सर्वेक्षणको क्रममा ९० प्रतिशत खोप लगाएको भेटिएकाले पुर्ण खोप घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा पत्रकार रत्न कार्कीले २१ ओै सताब्दीमा पनि नेपाल खुला दिशामुक्त घोषणा , पुर्ण सरसफाई , पुर्ण खोप घोषणा जस्ता सामाजिक अभियानमा छौ अब यसलाइ स्वतह जिवन ब्यवहार बनाउन जरूरी रहेको बताए ।पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले पचालझरनामा आमा र बाल बच्चाको मृत्युदर घटेको खोप अभियानले हो भन्दै आगामी दिनमा नयाँ नयाँ स्वास्थ्य रणनिति तयार गरि लाग्ने बताउनु भयो ।कार्यक्रममा शुभकामना दिने जिल्ला खोपसमन्वय समितिका सदस्य सचिव जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत कटक महतले अभियानलाई सार्थक र परिणाममुखी बनाउन सबैको जिम्मेवारी रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुुख मिना रावत बिक ले पचालझरनामा नागरिकले स्वास्थ्यसेवामा प्राप्त गरेको उपलब्धीलाइ निरन्तरता दिनु पर्ने बताउनु भयो ।कार्यक्रममा प्रमुख अतिथि रहनु भएका जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले स्थानिय सरकार जनताको नजिकको सरकार भएकाले भौतिक पुर्वाधार र सामाजिक बिकास संगसंगै लैजानु पर्ने बताउनु भयो ।कार्यक्रम समापनका क्रममा बोल्दै घोषणा कार्यक्रमका अध्यक्ष देबराज शाहीले पालिका सबै भन्दाबढी स्वास्थ्य र शिक्षामा सम्बेदनशिल रहेको बताउनु भयो।
तिलाप्रेस । ५ असार २०८२, बिहीबार १८:०९