कालीकोट: जिल्ला शुभकालिका गाउँपालिका वडा नं ८ का महिलाहरू यतिबेला व्यस्त देखिन्छन् । सिप सिकौँ आत्मनिर्भर बनौं भन्ने मूल नारालाई आत्मसात गर्दै त्यहाँका महिला दिदी बैनीहरु, यतीखेर ढाँका सोल,दोसल्ला ,टोपी ढाँका कपडा, उत्पादन गर्नमा व्यस्त देखिन्छन् । सिप सिकेर आत्मनिर्भर बन्नुपर्छ भन्ने हेतुले ३ महिने तालिम लिइरहेका छन् । सिप सिकेर केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ यो तालिमको आयोजना गरिएको वडा नम्बर ८ का वडाध्यक्ष दिपराज महतराले बताउनु भयो ।
महताराका अनुसार महिला हरुलाई ढाकाँ उद्योगमा सुर्खेतकी अनुभवी प्रशिक्षक मिना कुमारी थापाले तीन महिने तालिममा २० जना सहभागी लाई वडाको सहयोगमा शुभकालिका ८ मा तालिमको आयोजना गरि सिकाइ रहेको बताउनु भयो ।सीप सिकेर आत्मनिर्भर किन बन्ने भन्ने हाम्रो प्रश्नमा शुभकालिका – ८ वर्ष १९ कि गंगा महताराले सीप भएपछिको ठूलो फाइदा भनेको आफूले चाहेअनुसार काम गर्न सकिने र रोजगारी सिर्जना गर्न सकिने बताईन् ।यस्तै निरुता विश्वकर्मा,रमिला महतारा र अन्जु ओलीले भन्नुभयो आत्मनिर्भर भएपछि अरूको निर्णयमा होइन, आफ्नै सोच र योजना अनुसार जीवन अघि बढाउन सकिने बताउछिन् ।
आईतवार अनुगमन गर्दै वडा अध्यक्ष दिपराज महताराले शुभकालिका गाउँपालिका वडा नं ८ मा उद्योगमा ठूलो लगानी गरेको बताउदै अहिले पनि सिप सिक्ने र आत्मनिर्भर बन्ने तालिम हरु सञ्चालन गरिरहेको बताए । उक्त अनुगमनमा शुभकालिका गाउँपालिकाका कार्यपालिका सदस्य पबेन्द्र विश्वकर्मा,वडा सचिव वीरेन्द्र बहादुर शाही,पत्रकार रमेश सुनार स्थानीय जनप्रतिनिधि नागरिकहरूको सहभागितामा उद्योगको विषेश अनुगमन गरिएको थियो। यस्तै कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य पबेन्द्र विश्वकर्माले भन्नुभयो आत्मनिर्भर बन्ने खालका सीपमूलक तालिमहरू सिक्न जरुरी रहेको र अबका दिनमा पालिका स्तरबाट पनि पालिका स्तरबाट यस्ता खालका कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।

तिलाप्रेस । १ असार २०८२, आईतवार २०:२२