मालिका आधारभूत विद्यालय रास्कोट ३ मा अभिभावक भेला कार्यक्रम सम्पन्न 

कमल कुमाल कालीकोट : जिल्लाको रास्कोट नगरपालिका वडा नं.३ मा रहेको मालिका आधारभूत विद्यालय, कोलिगाउँमा अभिभावक भेला कार्यक्रम सफतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा शिक्षक,अभिभावक र विद्यार्थिहरुको सम्बन्धलाई अझै मजबुद र सुदृढ बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम नाथ योगी,वडा अध्यक्ष राजेन्द्र नाथ योगी,पूर्व अध्यक्ष देउसिंगे कुमाल,प्रध्यानध्यापक तपराज न्यौपाने, शिक्षक, अभिभावक राजनीतीक दलका प्रमुख तथा प्रतिनिधी स्थानिय अगुवा,पत्रकारहरूको विशेष सहभागितामा अभिभावक भेला  सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम नाथ योगीले अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ सशक्त बनाउनका लागी यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिदै अगाढी बढिरहेकोे बताउनु भयो । त्यस्तै विद्यालयका प्रध्यानध्यापक तपराज न्यौपानेले विद्यालयको हालको शैक्षिक अवस्था विद्यार्थीहरूको उपस्थितिदर, सिकाइ स्तर भौतिक पूर्वाधार तथा आगामी शैक्षिक योजना बारे अभिभावकहरूलाई जानकारी गराएका थिए ।
भेलामा बोल्दै वडा अध्यक्ष योगीले विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार ल्याउनुपर्नेमा जोड् दिनुभएको छ । विद्यार्थिको जीवनमा शैक्षिक गुणस्तरीय सुधार ल्याउनका लागी शिक्षक अभिभावकको पनी उत्तीकै महत्वपूर्ण भूमीका हुने हुँदा आउने दिनहरुमा अभिभावकीय भूमीका निभाउन समेत अध्यक्ष योगी आग्रह गर्नुभएको छ  ।

तपाईको प्रतिक्रिया