कालिकोट : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन, पलाँता इकाईद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमको प्रमुख आतिथ्यता कर्णाली प्रदेश कमिटी सदस्य तथा निर्वाचन क्षेत्र (ख) का इन्चार्ज मानबहादुर भण्डारीले गरेका थिए । त्यस्तै जिल्ला अध्यक्ष कलबहादुर भण्डारी, प्रदेश कमिटी सदस्य शक्ति भण्डारी, उपाध्यक्ष देव विश्वकर्मा, पार्टी सचिव सर्जन बुढा, कोषाध्यक्ष भीमप्रसाद न्यौपाने, शिक्षक शहीद स्मृति केन्द्रका जिल्ला अध्यक्ष नारायणसिंह बम, वर्दगोरिया कैलालीका जिल्ला सचिवालय सदस्य तथा पलाताका संस्थापक विरबहादुर विश्वकर्मा ‘अटल’, वायसिएल कर्णाली प्रदेश सदस्य महेन्द्र प्याकुरेल, र पूर्व जिल्ला सचिव कृष्ण कामी लगाएतका नेताहरूको सहभागी थिए ।
कार्यक्रममा शैक्षिक गुणस्तर सुधार, स्थानीय सरकारसँग समन्वय, र गा पा अनुदान अन्तर्गत कार्यरत शिक्षकहरूलाई पोशाक भत्ता र दशैं खर्च उपलब्ध गराउन सरकारलाई मागपत्र बुझाउने निर्णयहरू गरिएका थिए। प्रमुख तथा विशेष अतिथिहरूले शिक्षकहरूलाई सुशासनमा सक्रिय हुन निर्देशन दिएका थिए। कार्यक्रमको सञ्चालन धनकर्ण विश्वकर्माले गरेका थिए।

तिलाप्रेस । १ असार २०८२, आईतवार ०९:३१