कालिकोट: जिल्लाको सदरमुकाम मान्ममा सञ्चालन गरिएको तीन महिने आधारभूत कम्प्युटर तालिम सफलतापूर्वक सम्पन्न भएको छ । सिप विकास तालिम तथा रोजगार विकास प्रवद्र्धन कार्यक्रम अन्तर्गत सञ्चालित सो तालिमको समापन कार्यक्रम बिहीबार सम्पन्न भएको हो । समापन समारोहमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, कालिकोटका प्रमुख श्रीबहादुर विष्टको अध्यक्षता तथा खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेश बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।कार्यक्रममा प्रशिक्षक, कर्मचारी, विद्यार्थी, पत्रकार लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
समापन अवसरमा बोल्दै प्रमुख विष्टले तालिममा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न र केवल प्रमाणपत्रसम्म सीमित नराख्न सुझाव समेत दिनुभयो । सहभागीहरूले आफूले सिकेको कुरालाई आत्मसात गरी व्यावहारिक जीवनमा प्रयोग गर्न समेत सुझाव दिनुभएको छ । त्यसै उपप्रमुख शाहीले तालिममा प्राप्त सिपलाई आत्मनिर्भरता र रोजगारीको माध्यम बनाउँदै, आगामी दिनमा व्यवसायिक क्षेत्रमा समेत योगदान दिन सकिने बताउनु भयो । तालिममा विभिन्न पालिका बाट सहभागि विद्यार्थिहरुलाई प्रमाण पत्र प्रदान गर्दै डाईनामिक मल्टि टेन्निकल टेङ्गिङ सेन्टर कालिकोटका संचालन जिवन राज देवकोटाले उज्जल भविष्यको कामना सहित शुभकामना व्यक्त गर्नुभएको छ ।।

तिलाप्रेस । ३० जेष्ठ २०८२, बिहीबार २०:३७