नेकपा माओवादी केन्द्र शान्नीत्रिवेणी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा हर्क बहादुर ऐडी

कालिकोट जिल्लाको शान्नी त्रिवेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको दोस्रो गाउँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप मजबुत बनाउनका लागी ४१ सदस्य सहित नयाँ नेतृत्व चयन गरिएको हो ।

त्यस्तै अध्यक्षमा हर्क बहादुर ऐडी,उपाध्यक्षमा प्रभु धामी,विरिन्द्रा कुमारी सुवेदी,पंख दर्जी चयन भएका छन् भने सचिवमा सुर्ज बुढा सहसचिवमा हंसराज संज्याल,कोषाध्यक्षमा कलम बम चयन भएका छन् । नव–निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै जिल्ला संयोजक डम्बर बहादुर शाही, पालिका इञ्चार्ज मिठुदेवी बम, गाउँपालिका अध्यक्ष तथा प्रदेश कमिटी सदस्य मोहन बहादुर केसी, र पार्टीका केन्द्रीय सदस्य गंगा खड्का,खड्कराज सेजुवाल,जगत बहादुर शाही (शिखर)ले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सम्बोधन गर्दै नेताहरूले संगठनलाई जनस्तर बाटै मजबुत बनाउन र पार्टीको विचार र नीतिलाई गाउँ–गाउँमा लैजाने समेत सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया