धनकर्ण बिश्वकर्मा कलिकोट: जिल्ला, पलाँता गाउँपालिका–२, लार्फकी २८ वर्षीया पालकोशा दमाईको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। धौलागोह स्वास्थ्य चौकी, लार्फकोटको विशेष पहल, पालाँता गाउँपालिका र जिल्ला प्रशासन कार्यालय, कालिकोटको समन्वयमा उहाँलाई उद्धार गरि प्रादेशिक अस्पताल कालागाउँ लगीएकाे छ ।
पालकाेशा दमाईले उक्त स्वास्थ्य चौकीमै शिशु जन्माइसकेकी थिइन्। तर विगतमा दुईपटक शल्यक्रिया (सिजेरियन) मार्फत सन्तान जन्माएको, र यसपटक अत्यधिक रक्तस्राव देखिएको कारण थप उपचारका लागि रिफर गर्नुपर्ने अवस्था आएको स्वास्थ्य चौकी इन्चार्ज विनोदकुमार न्यौपानेले जानकारी दिनुभयो।

उहाँका अनुसार यो लार्फ क्षेत्रमा पहिलोपटक हेलिकप्टर प्रयोग गरी सुत्केरी महिला र नवजात शिशुको उद्धार गरिएको हो। जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै हेलिकप्टरमार्फत सुरक्षित रूपमा उद्धार गरिएको पलाताबाट धनकर्ण बिश्वकर्माले जानकारी दिनुभएको छ
तिलाप्रेस । २८ जेष्ठ २०८२, मंगलवार २१:२९