दोस्रो कालिकोट कप कर्णाली प्रदेश स्तरीय खुला ब्याटमिन्टन प्रतियोगिता सुरु 

कालिकोट : जिल्लाको सदरमुकाम मान्ममा आयोजित दोस्रो कालिकोट कप कर्णाली प्रदेश स्तरीय खुला डबल पुरुष ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघ कालिकोटले आयोजना गरेको प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता मंगलबारदेखि सुरु भएको हो । उद्घाटन समारोहमा जिल्ला व्याटमिन्टन संघ कालिकोटका अध्यक्ष विरेन्द्र शाहीको सभाअध्यक्षता जिल्ला समन्वय समितीका प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यता तथा खाँडाचक्र नगरपालिका नगर प्रमुख कमल बहादुर शाही को विशेष आतिथ्यता रहेको थियो ।त्यस्तै अतिथिहरु नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, प्रहरी प्रमुख टेक बहादुर रावत, व्याटमिन्टन संघ कर्णाली प्रदेश अध्यक्ष टक्क बहादुर शाही ,विभिन्न सरकारी निकायका प्रमुख, कर्मचारी, सञ्चारकर्मी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला ब्याटमिन्टन संघ कालिकोटका अध्यक्ष विरेन्द्र बहादुर शाहीले स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नारालाई आत्मासाथ गर्दै जिल्ला ब्याटमिन्टन संघ कालिकोटले विगत देखी नै प्रतियोगीता गर्दै आईरहेको र यो पटक पनी प्रतियोगीता लाई पहिलो प्रथामिकता दिदै आएको बताउनु भयो । त्यस्तै जिल्ला समन्वयका प्रमुख धनजित शाहीले भन्नुभयो प्रतियोगिता मार्फत स्थानीयस्तरमा खेलकुदको विकास र युवा पुस्तामा ब्याटमिन्टन प्रतिकोरुचि हुनेहुदाँ यस्ता प्रतियोगीतालाई निरन्तरता दिन आवश्यक रहेको समेत बताए ।

खेल जिबनमा लागेर केही छैन भन्ने जस्ता भनाईलाई मध्य नजर गर्दै खेल र खेलाडीहरु को स्तरलाई माथी उकास्न केही हद सम्म भयपनी टेवा पुग्ने जिल्ला ब्याटमिन्टन संघ कालिकोटले जनाएको छ । प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगीता यहीँ २९ गते सम्म संचालन हुनेछ । कार्यक्रम संचालकको भूमिका भने रेडीयो प्रदेश आवाज कालिकोटका अध्यक्ष रत्न बहादुर कार्कीले निर्वाह गर्नुभएको थियो  ।

पुरस्कार राशी

प्रथम पुरस्कार पच्पन्न हजार पाँच सय पच्पन्न
दोस्रो पुरस्कार पचास हजार पाँच सय पच्पन्न
तेस्रोका लागी पन्ध्र हजार पाच सय पचपन्न रूपैया रहेको छ ।

तपाईको प्रतिक्रिया