कालिकोट —राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको २० औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल कालिकोटमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ।
स्थापना दिवसकाे अवसर पारेर बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमा उपचाररतहरूलाई फलफूल वितरण गरिएको हो। कार्यक्रमले बिरामीहरूको मनोबल वृद्धि गर्न सहयोग पुर्याउने विश्वास लिएको सहभागीहरूको भनाइ रहेकाे छ।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत कटक महत,चिकित्सा शाखा प्रमुख डा. डण्ड प्रसाद नेपाल, मेडिकल अफिसर डा. प्रतिमा भण्डारी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य प्रकाश खड्का, प्रदेश सचिव पूर्णचन्द्र काफ्ले, जिल्ला अध्यक्ष भक्तिप्रसाद पाण्डे, केन्द्रीय प्रतिनिधि प्रवलजंग शाही, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य रविन्द्र सेजुवाल, प्रदेश सदस्य मोर्चा शाही, हरीप्रसाद पाण्डे, जिल्ला उपाध्यक्ष ईश्वर शाही, बिन्दा कुमारी शाही, उपसचिव मानबहादुर बिष्टलगायत स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेकाे थियो।

स्थापना दिवसको अवसरमा गरिएको यस्तो कार्यले बिरामी र तिनका परिवारमा सकारात्मक प्रभाव परेको र यसले स्वास्थ्यकर्मीहरूको समाजप्रतिको उत्तरदायित्वलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।
तिलाप्रेस । २८ जेष्ठ २०८२, मंगलवार ०९:३६