जगन्नाथ गाउँपालिका वडा नं. ५ को आठौँ सभा तथा वार्षिक समिक्षा गोष्ठी सम्पन्न

बाजुरा : जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ५ को आठौँ सभा तथा वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा वडा अध्यक्ष गौरी सार्कीको अध्यक्षतामा वडाका जनप्रतिनिधि र अन्य बुद्धिजीवीहरूको उपस्थितिमा आठौँ सभा तथा वार्षिक समिक्षा गोष्ठी सफतापूर्वक सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८१÷ ८२  को समिक्षा गर्दै आर्थिक वर्ष कुल बजेट रु ३ करोड २३ लाख ३९ हजार ६ सयको सार्वजनिक समिक्षा गरेको छ। कार्यक्रममा वडा अध्यक्ष गौरी सार्कीले आगामी योजनाबारे जानकारी दिँदै वडाको समग्र विकासका लागि सबैको सहकार्य आवश्यक छ। हामीले आगामी वर्षका लागि योजनाहरू तयार गरेका छौं, जसमा शिक्षा, स्वास्थ्य, पूर्वाधार र महिला सशक्तिकरणलाई प्राथमिकता दिइएको बताए ।

कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै,आगामी योजनाहरूको सफल कार्यान्वयनका लागि सबैको सहयोग र समन्वयको अपेक्षा गरिएको समेत अध्यक्ष सार्कीले बताए ।

तपाईको प्रतिक्रिया