कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ५ मा रहेको बडीमालिका माध्यमिक विद्यालय कर्णाली प्रदेशको उत्कृष्ट विद्यालयको रूपमा घोषित गरिएको छ ।विद्यालयले शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, व्यवस्थापन, विद्यार्थी सहभागिता, र नवप्रवर्तनात्मक अभ्यासका आधारमा उत्कृष्टता हासिल गरेको हो ।
कर्णाली प्रदेश प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (pan) ले प्रत्येक वर्ष प्रदान गर्ने वर्षको उत्कृष्ट विद्यालय पुरस्कार अन्तर्गत विद्यालयलाई (pan) ले उत्कृष्ट विद्यालय पुरस्कार २०८२ प्रदान गर्नु लागेको हो ।
डा: विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गर्दा कर्णाली प्रदेशकै उत्कृष्ट रुपमा ठहरिएको हो । नगर पालिका सरकार र विद्यालयका परिवारले यस उपलब्धिलाई शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको संयुक्त प्रयासको सफल भएको समेत बताएका छन्।

तिलाप्रेस । २४ जेष्ठ २०८२, शुक्रबार ०६:५९