विश्व वातावरण दिवस को अवसरमा ग्लोबल आइएमई बैंकद्वारा वृक्षारोपण

कमल कुमाल कालिकोट, जेठ २३
विश्व वातावरण दिवस २०२५ को अवसरमा ग्लोबल आइएमई बैंक, रास्कोट शाखा (कालिकोट) ले वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

बिहीबार सम्पन्न कार्यक्रममा रास्कोट नगरपालिका–४, गौतुस्थित प्रदेशिक रणनीतिक रास्कोट अस्पतालको परिसरमा सल्लो प्रजातिको धुपी सल्लोका करिब ३० विरुवा तथा वडा नं.५ अवस्थित कालिकोटकै नमुना विद्यालय बडिमालिका मावि र रास्कोट माविको प्राङ्गणमा पनि वृक्षारोपण गरेर बैंकले विश्व वातावरण दिवस २०२५ मनाएको बैंकमा आबद्ध कर्मचारी रविन्द्र राज न्यौपानेले बताउनु भयो ।

उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंक, रास्कोट शाखाका प्रबन्धक सुजल कुमार मल्ल, रास्कोट अस्पतालका प्रतिनिधि कौशल न्यौपाने, डाक्टर कमल बराल, अस्पतालका विभिन्न कर्मचारी, बडिमालिका माविका शिक्षक यकिन्द्र शाही, प्रेम बहादुर शाही बैंकका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया