शैक्षिक सुधारका लागि बृहत शैक्षिक गोष्ठि सम्पन्न

कालिकोट:  सान्नी त्रिवेणी गाउँपालिकाले शैक्षिक सुधारका लागि बृहत शैक्षिक गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले २०८१ को बार्षिक परिक्षाको समिक्षा, विद्यालय मर्ज तथा कक्षा घटाउने, बार्षिक शैक्षणिक योजना निर्माण, शिक्षकहरुको पालिका भित्र काज सरुवा, शिक्षक विद्यार्थिको नियमितता, शैक्षिक सुशासन, परिक्षा प्रणालीमा सुधार, अतिरिक्त कक्षा संचालन, विद्यालयको सामाजिक लेखा परिक्षण तथा विद्यालयको वेरुजु, विद्यालय सुधार योजना निर्माण, लगायतका विविध विषयमा छलफल गरिएको शिक्षा अधिकृत मदन शाहीले जानकारी दिनुभयो । साथै नेपाल सरकारवाट तलब भत्ता खाने कमैचारीहरुले आफ्नो बालवालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने, विद्यार्थिको सिकाइ उपलब्धि अभिबृद्धि गर्ने लगायतका विषयमा छलफल गरि निर्णय गरिएको हो । कक्षा ५, ८ र १० का विद्यार्थीका लाथि अतिरिक्त कक्षा संचालन गर्ने भुगोल , विद्यार्थि संख्या लगायतका आधारमा विद्यालय मर्ज तथा कक्षा घटाउने लगायतका निर्णय गरिएको शिक्षा अधिकृत शाहीले बताउनु भयो । यहाँका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न नयाँ पहल लिने उद्देस्यले शैक्षिक गोष्ठि सुरू गरिएको हो ।

सान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर कायम गर्नका लागि र विगतको समिक्षा सहित आगामि कार्ययोजना निर्माण गर्नका लागि यो गोष्ठिको आयोजना गरिएको बताउनु भयो । यो गोष्ठि बैशाख पहिलो हप्तामै गर्नु पर्ने भएपनि केहि प्राविधिक समस्याका कारण ढिलाई हुन पुगेको समेत केसीले बताउनु भयो । सामुदायिक विद्यालयमा राज्यको करोडौँ रुपैयाँ लगानी हुन्छ तर उपलब्धि भने वालुवामा पानी हाले जस्तै भएको छ ।
कतिपय कक्षा रित्तो बन्ने अवस्थामा छन् । कतिपय विद्यालयमा शिक्षक दरबन्दी धेरै र विद्यार्थि संख्या कम छ । शैक्षिक गुणस्तर नभएका कारण बिद्यार्थि सहर र सदरमुकामका निजि विद्यालयमा जान बाध्य छन । उहाँले भन्नुभयो, विद्यार्थीलाई सामुदायिक विद्यालयमै टिकाउनका लागि र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि शैक्षिक सरोकारवाला जुट्नु पर्ने बेला आएको अध्यक्ष केसीले बताए ।
सान्नी त्रिवेणी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि शिक्षक, अभिभावक, विद्यािर्थ, जनप्रतिनिधि र राजनितिक दल लगायत शैक्षिक सरोकारवालाले आ आफ्नो भुमिका निर्वाह गर्नु पर्ने गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले बताउनु भयो । उहाँले एक जनाले मात्र चाहेर शिक्षा परिवर्तन र रुपान्तरण ल्याउन नसकिने भन्दै सबैले हातेमालो गरेर अगाडि बढेमा शिक्षामा गुणस्तर सशित रुपान्तरण ल्याउन सकिने विश्वास ब्यक्त गर्नुभयो । उहाँले सबैको सल्लाह र सुझाव संकलन गर्नका लागि र आगामि कार्य योजना बनाउनका लागि यो गोष्ठिको आयोजना गरिएको र सबैवाट सकरात्मक सुझाव सहित महत्वपुर्ण विषयमा छलफल भएको बताउनु भयो ।
आगामि आर्थिक वर्षको वजेटमा शिक्षालाई पहिलो प्राथमिकता राखेर वजेट ल्याउने कुरामा आफुले सहयोग गर्ने प्रमुख प्रशसकिय अधिकृत प्रेम बहादुर बडुवालले बताउनु भयो । उहाँले शिक्षाका परिवतर्न ल्याउनका लागि शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि सबैले मेरो पनि जिम्मेवारी हो, मैले कनि नगर्ने भन्ने कुरालाई आत्मसाथ गरेर लाग्नु पर्ने बताउनु भयो ।
प्लान नेपालको सहयोग, किर्डाक नेपालको सहकार्य र सान्नी त्रिवेणी गाउँपालिकाको आयोजनामा भएको बृहत शैक्षिक गोष्ठिमा पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख, राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, शिक्षक, विद्यार्थी र आम नागरिक अगुवाहरूको सहभागिता रहेको थियो । कार्यसम्पादनका आधारमा विद्यालय र शिक्षकहरुलाई पुरस्कृत र दण्डित गर्नुपर्ने, शिक्षकको काज सरूवा गर्दा न्यायपुर्ण तरिकाले गर्नुपर्ने सुझाव दिएका छन ।

तपाईको प्रतिक्रिया