स्तनपान परामर्शकर्ताका लागी तीन दिने तालिम सम्पन्न 

कालिकोट : स्तनपान परामर्शकर्ताहरूका लागी संचालन गरिएको तीन दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा संचालन गरिएको तीन दिने स्तनपान परामर्शकर्ताहरूको तालिम शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा आमाहरूलाई स्तनपानसम्बन्धी उचित जानकारी दिन र शिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजन गरिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

तालिममा विभिन्न स्वास्थ्य संस्थाहरूबाट आएका स्वास्थ्यकर्मीहरूलाई स्तनपानको महत्व, उचित तरिका, शिशु स्याहार तथा परामर्श दिने तरिका बारे जानकारी दिएको स्वास्थ्य सेवा व्यवस्थापक डा भिष्म पोखरेलले बताए । तालिममा सहभागीहरूलाई सहजकर्ताहरूले व्यवहारिक अभ्यास सहित प्रशिक्षण दिएको समेत जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया