कालिकोट : जिल्ला स्तरीय विद्यालय तहका विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम मान्ममा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय कालिकोटको आयोजनामा संचालन गरिएको जिल्लास्तरीय विद्यालय तहका विद्यार्थीबीच प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको हो । सामाजिक विकास कार्यालय कालिकोटका प्रमुख रछाने लोहारको सभाअध्यक्षतामा संचालन गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावत को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै अतिथिहरु प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई ,प्रहरी प्रमुख टेक बहादुर रावत पत्रकार महासंघ कालिकोटका उपाध्यक्ष राधिका बराल,शिक्षक तथा विद्यार्थी विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधी लगाएतको उल्लेखनीय सहभागी रहेको थियो ।
कार्यक्रममा बोल्दै कार्यालय प्रमुख रछाने लोहारले आफ्नो क्षमता वा सिपले उत्पादन गरेका केहि प्रतिभाहरु विद्यार्थिहरुले देखाएको हेर्न पाउँदा आफु एकदमै खुशी भएको बताउँदै शिक्षा विकास निर्देशनालय सुर्खेतमा हुन गैरहेको विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रममा सहभागि भै विविध प्रतिभा देखाउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले विद्यार्थीहरूको प्रतिभाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्न सहयोग पु¥याउने विश्वास लिएको बताए । कार्यक्रममा सहभागि विद्यार्थीहरूले विविध सिर्जनात्मक, शैक्षिक तथा सांस्कृतिक,कार्य लगाएता विविध प्रतिभाहरु देखाएर स्थान हासिल गर्ने विद्यार्थिहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गरिएको छ ।

तिलाप्रेस । १८ जेष्ठ २०८२, शनिबार १६:५९