रास्कोटमा विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धी तालिम

कालिकोट: जिल्लाको रास्कोट नगरपालिकामा विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग रास्कोट नगरपालिकाको आयोजना तथा हरेन्डेक नेपाल कालिकोट द्धारा संचालित शसक्त बालिका परियोजना अन्तगत विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धी रास्कोट नगरपालिका विपद् व्यवस्थापन समितिका करिव २७ जना सहभागीलाई विविध विषयमा तालिम दिएको पत्रकार टिकाराज उपाध्यायले बताए ।

त्यस्तै तालिममा बोल्दै नगर उप प्रमुख मनिराज बरालले विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धी दुईदिने तालिममा सिकेका कुरालाई व्यहारमा लागु गर्नुका साथै तालिम समय सान्दर्भिक रहेको उप प्रमुख बरालले बताउनु भयो। तलिममा घर आगलागि,ग्यास आगलागि,पहिरो बाट बच्न र प्राथमिक उपचार बारे जानकारि दिएको शसक्त बालिका परियोजना परियोजना संयोजक पदम हमालले जानकारि दिनु भएको छ।

तपाईको प्रतिक्रिया