कालिकोट : १८ औं गणतन्त्र दिवसको विशेष अवसरमा जनयुद्धमा शहादत प्राप्त गर्ने २१ जना सहित परिवार लाई सम्मान गरिएको छ । जिल्लाको महावै गाउँपालिकाले गणतन्त्र दिवसको अवसरमा सो सम्मान गरेको हो । साथै सातौं राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर मावि स्तरिय वक्तृत्वकला कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन) उपाध्यक्ष दानसिंह सेजुवाल, जनप्रतिनिधि, कर्मचारी, शहिद परिवारका सदस्य, शिक्षक र अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले गणतन्त्र दिवसले हामीलाई लोकतन्त्रको महत्व सम्झाउँछ र शहिद परिवारलाई सम्मान गर्नु हाम्रो दायित्व हो त्यसैले दिवसको अवसरमा हामिले सधैं सम्मान गर्ने गरेका छौं उहाँले भन्नुभयो । त्यस्तै महिला अधिकार दिवसले महिला सशक्तिकरणको सन्देश दिन्छ, त्यसैले यस्ता कार्यक्रमले समाजमा केही परिवर्तन हुने विश्वास लिएको समेत अध्यक्ष सिंहले बताए ।

तिलाप्रेस । १७ जेष्ठ २०८२, शुक्रबार १७:४५