अध्यक्ष सिंह द्वारा  विद्यालय भवनको उद्घाटन 

 कालिकोट : जिल्लाको महावै गाउँपालिका –१ स्थित जगन्नाथ आधारभूत विद्यालय कतमपुरमा नयाँ भवनको उद्घाटन गरिएको छ । विहिवार गणतन्त्र दिवसको विशेष अवसर पारेर गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन) ले  उक्त भवनको   उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा अध्यक्ष खेम बहादुर सिंह, उपाध्यक्ष दानसिंह सेजुवाल, सामाजिक विकास कार्यालय कालिकोट प्रमुख  रछाने लाेहार,वडा अध्यक्ष नरेन्द्र बहादुर शाही र विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बहादुर शाही विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सिंहले भने,शिक्षा नै समृद्धिको आधार हो। यस विद्यालय भवनको निर्माणले विद्यार्थीको पठनपाठनको वातावरण अझै राम्रो हुने विश्वास लिएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहीले विद्यालय भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यसले विद्यार्थीको सिकाइको स्तर सुधारमा ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया