श्री लोटस विकास एकेडेमीको दोस्रो वार्षिकोत्सव कार्यक्रमको अवसरमा खेलकुद सामग्री हस्तान्तरण 

कमल कुमाल कालीकोट : श्री लोटस विकास एकेडेमीले आफ्नो दोस्रो वार्षिकोत्सव कार्यक्रम तथा गणतन्त्र दिवसको विशेष अवसरमा स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुलनारा लाई आत्मासाथ गर्दै विहिवार श्री लोटस विकास एकेडेमीका सम्पूर्ण शिक्षकहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत एक सकारात्मक पहल स्वरूप जिल्ला कारागार कालिकोटमा रहेका कैदीबन्दीहरूलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रममा एकेडेमीका पिन्सिपल सन्तोस पौडेलले कारागारमा पुगी विभिन्न प्रकारका खेलकुद सामाग्री हस्तान्तरण गर्दै आउने दिनहरुमा पनी सामाजिक दायित्वका कार्यहरू निरन्तर रूपमा गरिरहेन समेत पौडेलले बताए । साथै सामग्रीहरूले कैदीबन्दीहरूको मानसिक स्वास्थ्य सुधार तथा सकारात्मक सोच विकासमा योगदान पु¥याउने विश्वास लिएको समेत बताए ।

तपाईको प्रतिक्रिया