कालिकोट : जिल्लाको रास्कोट नगरपालिका वडा नं. ३ मा अवस्थित श्री मातृभूमी एजुकेशनल एकेडेमीमा नयाँ नेतृत्व चयन गरिएको छ । नयाँ नेतृत्व चयन भएसँगै अध्यक्षमा नन्दलाल जैशी सहित ११सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
विद्यालयको शैक्षिक तथा संरचनागत विकासमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ । अध्यक्ष जैशीले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई इमान्दारीका साथ वहन गर्ने प्रतिबद्धता जनाएका छन्। मातृभूमी एजुकेशनल एकेडेमीका संस्थापक सभापति गणेश विक्रम शाहीले विद्यालय क्षेत्रका अभिभावक, स्थानीय समाजसेवी तथा समुदायका सदस्यहरूले पनि नयाँ नेतृत्वलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

तिलाप्रेस । १५ जेष्ठ २०८२, बुधबार १८:३९