कालिकोटमा पनी मनाईयो पत्रकार कृष्ण सेन ‘इच्छुक’को २३ औं स्मृति दिवस 

कालिकोट : आज पत्रकार कृष्ण सेन ‘इच्छुक’को आज २३ औं स्मृति दिवस कालिकोटमा पनि मनाईएको छ । भूमिगत अवस्थामा रहेको तत्कालीन नेकपा माओवादीमा आस्थावान पत्रकार तथा साहित्यकार कृष्ण सेन ईच्छुकको सम्झनामा माओवादी पार्टी कार्यालय सहिद स्मृति भवन मान्ममा एक ओैपचारीक कार्यक्रमको आयोजना गरी दिवस मनाईएको छ । गणतन्त्र संविधानसभाका पक्षमा आवाज उठाए वापत हिरासतमै मारिएका ईच्छुकको २०५९ साल जेठ ६ गते प्रहरीले पक्राउ गरी महेन्द्र प्रहरी क्लब र सैन्य हिरासतहरुमा कठोर यातना दिइ जेठ १३ गते हिरासत भित्रै उनको हत्या भएको थियो ।

 प्रेस सेन्टर कालिकोटका अध्यक्ष बिरेन्द्र आचार्यको अध्यक्षयतामा भएको कार्यक्रममा पत्रकारहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा पनि सेनको हत्याराहरुमाथि कारबाही र उनको पक्षमा कुनै नया पहल हुन नसकेको बताएका छन । बहुप्रतिभाशाली कृष्णसेन कवि, लेखक र युद्धमोर्चाका पत्रकार, राजनीतिक विचारक तथा सशक्त मानवअधिकार कर्मी थिए । माओवादी सशस्त्र विद्रोहका बेला नेकपा माओवादीको मुखपत्र जनादेशका सम्पादक रहेका कृष्णसेन इच्छुकको जन्म पिता यामबहादुर सेन र आमा भिमकुमारी सेनको कोखबाट २०१३ साल कात्तिक ३ गतेका भारतको देहरादुनमा भएको थियो ।

कार्यक्रममा सहभागि पत्रकारले कृष्णसेन ईच्छुकको फोटोमा माल्याणपर्ण गर्दै श्रदान्जलि अर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया