कालिकोट नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र प्राथमिक तहको आधारभुत स्कुलिङ्ग कार्यक्रम सान्नी त्रिवेणी गाउँपालिकामा सुरु भएको छ । जिल्लाका ९ वटै स्थानिय तहमा पालिका र वडा कमिटिका पदाधिकारीलाई प्राथमिक तहको स्कुलिङ्ग कार्यक्रम दिन थालिएको माओवादी केन्द्रले जनाएको छ । शंशोधन वाद होईन मालेमावाद लागु गरौ, क्षमताको विकास गरि समाजवादमा अघि बढी भन्ने मुल नाराका साथ सान्नी त्रिवेणी गाउँपालिकामा स्कुलिङ्ग कार्यक्रम सुरु भएको हो । गाउँ कमिटि अध्यक्ष हर्क बहादुर ऐडि तिर्थको अध्यक्षतामा सुरु भएको स्कुलिङ्ग कार्यक्रमको प्रमुख अतिथि वैकल्पीक केन्द्रीय सदस्य जनक नाथ योगी रहनु भएको थियो । अतिथिमा जिल्ला समन्वय समिति संयोजक डम्बर बहादुर शाही डिवि, स्कुल विभाग प्रमुख तथा प्रदेश कमिटि सचिवालय सदस्य खडकराज सेजुवाल, प्रदेश कमिटि सचिवालय सदस्य तथा सान्नी त्रिवेणी गाउँ कमिटि इन्चार्ज मिठ्ठुदेवि बम शैलजा, प्रदेश कमिटि सदस्य दुर्गा काफ्ले, मनशोभा बुढा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको शुभकामना मन्तव्य दिने बक्ता जनचेतना बहुमुखी क्याम्पस प्रमुख पुस्पराज संज्याल, पार्टीका नेता अजय बहादुर बमले समाज परिवर्तन गर्नका लागि र पार्टी निर्माणका लागि यो स्कुलिङ्ग कार्यक्रम निकै महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले पार्टीलाई वलियो बनाउनका लागि र पार्टीलाई सहि तरिकाले चलाउनका लागि विभिन्न ज्ञानको आवश्यक पर्ने भएको हुँदा यो स्कुलिङ्ग ज्ञान निकै महत्वपुर्ण रहेको र ३ दिन सम्म यो कार्यक्रममा पुर्ण लाभ लिन आग्रह गर्नुभयो । समयमै जनताको घरमा गएर पार्टीको सांगठनिक विषयमा जानकारी गराउनका लागि यो स्कुलिङ्ग कार्यक्रमको आयोजना गरिएको स्कुलिङ्ग विभाग प्रमुख खडगराज सेजुवालले बताउनु भयो । पार्टीले प्राप्त गरेका उपलब्धीहरु जनयूद्ध, जनआन्दोलन, पार्टीले जिल्ला र पालिकामा गरेका कामहरुलाई ताजगि गराउनका लागि जिल्लाका ९ वटै स्थानिय तहमा यो स्कुलिङ्ग कार्यक्रमको आयोजना गरिएको जिल्ला संयोजक डम्बर बहादुर शाही डिविले बताउनु भयो ।
पार्टी सदस्यता नविकरण गर्ने पर्ने समस्या मुख्य समस्या रहेको बताउदै उहाँले प्रतेक वडामा पार्टी सदस्यहहरुको सदस्यता नविकरणमा विशेष जोड दिनु पर्ने र यो जेठ महिना भित्रै सबै सदस्यहरुको पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण अभियान थाल्नु पर्ने बताउनु भयो । हिजो जनयूद्ध लडेर संघियता गणतन्त्र प्राप्त गर्यो हाम्रा पुर्ण अधिकार प्राप्त गर्नका लागि यहि नरोकिएर अगाडि बढ्नु पर्ने वैकल्पीक केन्द्रीय सदस्य जनक नाथ योगीले बताउनु भयो । हाम्रा अधुरा सपनाहरु पुरा गर्नका लागि बैचारीक रुपमा अगाडि बढ्नु पर्ने बताउनु भयो । जसका लागि संगठन बलियो हुनु पर्ने बताउनु भयो । हाम्रा अधुरा अपुरा कामहरु पुरा गर्नका लागि र समग्र देशको हितका लागि अव समाजवाद तिर जानु पर्ने बताउनु भयो ।

तिलाप्रेस । ६ जेष्ठ २०८२, सोमबार ०८:२६