एकिकृत पाठ्यक्रमका लागि प्रारम्भीक कक्षाका शिक्षकहरुलाई तालिम

कालिकोट : एकीकृत पाठ्यक्रममा क्षमता अभिबृद्दि गर्न प्रारम्भिक कक्षाका शिक्षकहरुलाइ पाँच दिन तालिम आज सम्पन्न भएको छ । सान्नी त्रिवेणी गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजना र समाज जागरण केन्द्र स्याक नेपालको सहजिकरणमा पाँच दिने तालिम सुरु भएको हो । पछिल्लो समय कर्णाली प्रदेशमा सामुदायिक बिद्यालयको संख्या घट्दै गइरहेको बेला स्याक नेपालले सान्नी त्रिवेणी गाउँपालिकामा सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्नका लागि र शिक्षकहरुको क्षमता विकास गर्नका लागि विभिन्न तालिमको आयोजना गर्दै आएको छ ।

सिकाइमा सुधार ल्याउनका लागि सामुदायिक बिद्यालमा कार्यरत शिक्षकहरुको क्षमता विकास गर्नु पनि त्यतिकै महत्व छ । बदलिदो परिस्थिति र कम्प्युटर यूगमा शिक्षकहरुको क्षमता विकास गरि सिकाइमा परिवर्तन ल्याउने उद्देस्यका साथ यूनिसेफ नेपालको आर्थिक सहयोगमा स्याक नेपालले गुणस्तरीय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना निर्माण तथा बजेट कार्यान्वयनमा स्थानिय तहको क्षमता विकासमा सबलिकरण कार्यक्रम संचालन गर्दै आएको छ ।विद्यार्थिको भविस्य निर्माण गर्ने मुख्य जिम्मेवारी आधारभुत तहका शिक्षकहरुको रहेको प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालले वताउनु भयो । उहाँले पाँच दिन सम्मको यो तालिममा सिकेको कुरालाइ व्यबहारमा लागू गर्न सुझाव दिनु भयो । सिद्दान्तमा नभइ व्यवहारमा लागू गर्न सकेमा सान्नी त्रिवेणी गाउँपालिकामा गुणस्तरीय सिकाई लागू गर्न सकिने बताउनु भयो । सिकाइ स्तर वृद्धि गर्नका लागि र गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि यो तालिम निकै महत्वपुर्ण रहेको शिक्षा अधिकृत मदन शाहिले बताउनु भयो ।

यूनिसेफ नेपालका शिक्षा परामर्शकर्ता विज्ञ डिल्लि प्रसाद पौडेलले स्थानिय सरकारसँग समन्वय गरेर शिक्षा क्षेत्रमा काम गरिरहेको र आगामि दिनमा पनि विभिन्न क्रियाकलपाहरु संचालन गरि विद्यार्थिको सिकाईकमा बृद्धि गरिने बताउनु भएको छ । शिक्षा अधिकृत मदन शाहिको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवाल रहनु भएको थियो भने कार्यक्रमको प्रशिक्षक लोक बहादुर खत्रि रहनु भएको थियो । कार्यक्रमको संचालन बाल विकास संयोजक मदन तिरुवाले गर्नु भएको हो । कार्यक्रम संज्याल होटलमा संचालन भएको स्याक नेपालकी शिक्षा अधिकृत मिना भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया