सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार 

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका १० निवासी बर्ष २२ कि सन्तकला रोकाया लाई हेलिकप्टर मार्फत उद्धार गरेर सुर्खेत पठाइएको छ । गर्भवती अवस्थामा सुत्केरी हुन नसकेपछी रोकायालाई लाई थप उपचारका लागी प्रादेशीक अस्पताल सुर्खेत पठाएको हो ।

रोकाया लाई  बैसाख ३१ गते नगरपालिकामा रहको आधारभूत स्वास्थ्य चौकी चिल्खायामा लिई उपचार गर्दा पनी स्वास्थ्यमा सुधार नआएपछी सन्तकला रोयाका लाई थप उपचारका लागी प्रादेशिक अस्तपाल सुर्खेत पठाएको तिलागुफा नगरपालिका नगर उपप्रमुख महेन्द्र बहादुर  शाहीले जानकारी दिनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि प्रभावकारी बन्दै गएको र उद्धारका लागी सहयोग र समन्वय गर्ने सम्पूर्णलाई  उपप्रमुख   शाहीले धन्यवाद समेत दिनुभएको छ ।

तपाईको प्रतिक्रिया