हिमालाई बालमैत्री नमुना गाउँपालिका बनाउँछौँ – अध्यक्ष शाही

जुम्ला :  जिल्लाकाे हिमा गाउँपालिका नेपालको पहिलो बाल विवाह मुक्त गाउँपालिका घोषणा हुने भएको छ । यस गाउँपालिकाले गत बर्ष वि.सं.२०८१ असार १ गते वडा नं.१ लाई बाल विवाह मुक्त वडा घोषणा गरे संगै गाउँपालिकालाई बाल विवाह मुक्त बनाउने अभियानलाई निरन्तरता दिएको थियो । यस पालिकाले सबै वडाहरुलाई बाल विवाह मुक्त घोषणा गर्दै, सोमवार वडा नं. ६ लाई बाल विवाह मुक्त घोषणा गरी पालिकाका ७ वटै वडा घोषणा गरेको हाे ।सोमवार वडा नं.६ का वडा अध्यक्ष उपराज अधिकारीको अध्यक्षता,गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीको प्रमुख आतित्यथा तथा जिल्ला र पालिका स्थीत सरोकारवालाको सहभागीतामा औपचारीक कार्यक्रम गरी वडालाई बाल विवाह मुक्त वडा घोषणा गरिएको हो ।यो कार्यका लागी गाउँपालिकाले गै.स.स. पेस नेपाल र प्लान इन्टरनेशनल नेपालको सहयोगमा बालविवाहका सुचकहरु पुरा गर्न समुदाय र विद्यालय स्तरमा बृहत सचेतनामुलक अभियान गरेको हो ।संस्था पेस नेपालको सहयोगमा गाउँपालिकाले बाल विवाह मुक्त गर्न लक्षित कार्यक्रमहरु किशोरी क्लव,बाल क्लव,परिवर्तनका संवाहक किशोरी समुह, आमा समुह तथा समुदायका अभिभावकलाई बाल विवाहका असर,कानूनी प्रवाधान बारे निरन्तर सचेतनामुलका कार्यक्रमहरु गरिएका हुन । यी कार्यक्रम संगै हालको युग सुवाउदो मानविय विकासका लागी गाउँपालिकाले शिक्षा,स्वास्थ्य,पुर्ण सरसफाई तथा समाजिक विकृतीहरुको अन्त्यका कार्यक्रम गर्दै आएको छ । तसर्थ यो पालिका कर्णालीको पहिलो शाक्षर गाउँपालिका घोषणा, जिल्लाको पहिलो वास सम्मेलन र पुर्ण सरसफाई उन्मुख समुदाय घोषणाको सुरुवात, निरन्तर घुम्ती पढाई मेला संचालन जस्ता क्रियाकलाप भएका छन ।

कार्यक्रममा सम्वोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय माहाँसंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण बहादुर शाहीले भन्नुभयो हिमाका समग्र बालबालिकाको संरक्षणका सवालमा गाउँपालिकाले बालबालिकालाई केन्द्रमा राखेर काम गरिरहेको छ,बालबालिकाको सशक्तिकरणमा ठुलो चुनौतीकोरुपमा रहेको बाल विवाहलाई मुक्त गर्न अब हामी सफल हुदैछौ । बाल विवाहको मुद्दा भित्र लुकेका समस्याहरु समाधान गर्न पालिकाको शिक्षालाई बालमैत्री बनाउन सुरु गरेको,अभिभावक शिक्षा संचालन गरेको,उत्कृष्ट र जेहेदार विद्यार्थीलाई पुरस्कार तथा स्कलरसिपको ब्यवस्था जस्ता क्रियाकलापले विद्यार्थीलाई अध्यानमा अर्थपुर्ण सहभागिता गराइएको छ । अध्यक्ष शाहीले भन्नुभयो  अब पालिकालाई पुर्ण बालमैत्री बनाइने छ र बालबालिका नै हाम्रा भविश्य हुन । यस कार्यमा सहयोग गर्ने संस्थाहरु तथा सरोकारवालाहरुलाई धन्यवाद दिन चाहान्छु उहाँले भन्नुभयो   ।

सन २०१८ देखि जुम्लाको सिजा क्षेत्रमा प्लान इन्टरनेशनल नेपाल,पेस नेपाल लगाएतका संघसंस्थाहरुले समुदायीक सचेतनाका विभिन्न कार्यहरु गर्दै आएका हुन । यसको फलसोरुप बाल क्लव, युवा क्लव, आमा समुह लगाएत समुदायले बाल विवाहको असर र कानुनी जटिलता तथा सारिरिक समस्या बारे बुझि बाल विवाह नगर्न र नगराउन प्रतिवद्धा गरेका थिय । यसले गर्दा बालविवाहका सुचक पुरा भई पालिकाका सबै वडा बालविवाह मुक्त घोषणा गर्न सफल भएको स्थानीय बासिहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया