मान्ममा दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सुरु 

कालिकोट : जिल्लाका सार्वजनिक विद्यालयमा कार्यरत कर्मचारीहरूका लागि प्रशासनिक तथा प्राविधिक विषयमा केन्द्रित दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सोमबारदेखि मान्ममा सुरु भएको छ । दुई दिने अभिवृद्धि कार्यक्रममा विद्यालयका कर्मचारी र विशेषगरी लेखापाल  लाई लेखाङकन कसरी राख्न सकिन्छ र लेखाजोखाका कामकार्य लाई सुरक्षित र संरक्षण कसरी गर्ने भन्ने विषयक कार्यक्रमको आयोजना गरिएको हो ।

सामाजिक विकास कार्यालय कालिकोटका प्रमुख रछामे लोहारको सभाअध्यक्षतामा संचालन गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी टेकबहादुर रावत, तिला कर्णाली बहुमुखी क्याम्पसका प्रमुख रुद्र प्रसाद सापकोटा,खाडाचक्र नगरपालिका शिक्षा शाखा प्रमुख  जशी प्रसाद चाैलागाई नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य तुलराम पाण्डे,पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि पत्रकार लगाएको उल्लेखनीय सहभागिता रहेको थियो   ।

कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय कालिकोटका प्रमुख लोहारले विद्यालयमा लेखा प्रणाली सुरक्षित राख्ने तरिका, लेखाजोखा कसरी गर्ने र दस्तावेज संरक्षणका उपायहरूबारे जानकारी दिदै विद्यालयमा लेखापालको काम प्रभावकारी बनाउन विशेष पहल आवश्यक रहेको औंल्याउनु भयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भन्नुभयो दुई दिने तालिमबाट सिकेका कुरालाई व्याहारमा लागू गरेमात्र विद्यालयलाई सुशासन प्रारदशिता र जवाफदेही विद्यालय बनाउन सकिन्छ त्यसैले यहाँहरुको महत्तपूर्ण भुमिका रहने समेत स्पष्ट पार्नुभयो । शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि विद्यालय परिवार मात्र नभई सम्पूर्ण राजनीतिक दल संघसंस्था तथा विभिन्न साझेदार संस्थाहरु एकजुट भएर लाग्दा अझै सफता हातपार्न सकिने सहभागीहरुको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया