राप्रपा समर्थक रमेश शाही माओवादी केन्द्रमा प्रवेश 

कालिकोट : जिल्लामा विगत लामो समयदेखी राप्रपा समर्थकको रुपमा रहेर काम गरिरहेका रमेश शाहीले नेकपा माओवादी केन्द्रमा प्रबेस गरेका छन । शनिबार नेकपा माओवादी केन्द्र खाडाचक्र नगरपालिका सह ईन्चार्ज भानु प्रसाद पाण्डे,खाँडाचक्र नगरपालिका वडा नं.१ का अध्यक्ष धर्मराज ताम्राकार लगाएतका राजनितीदलका प्रमुख तथा प्रतिनिधीले शाहीलाई पार्टी कार्यालयमा स्वागत गरेका हुँन । नव प्रवेशी शाहीले आफ्नो धारण राख्दै परिवर्तित राजनितिको बागडोर समालिरहेको पार्टिमा आबद्ध भएर नयाँ उर्जा र सोचका साथ अगाडी बढ्ने बताएका छन् । त्यस्तै सह ईन्चार्ज पाण्डेले नेकपा माओवादी केन्दप्रति यूवाहरुको आकर्षण दिन प्रतिदिन बढ्दै गएको जिकिर गर्नुभयो । नेकपा माओवादी केन्द्रप्रति रुचि राखेर आउनेलाई नेकपा माओवादी केन्द्रले सधैं स्वागत गर्ने समेत बताए ।।

तपाईको प्रतिक्रिया