नगर प्रमुख शाही द्वारा ३३ केबि बिधुत सब–ईस्टेशनको सिलान्यास

कालिकोट :  जिल्लाको रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही (पोषण)ले शुक्रबार ३३ केबि बिधुत सब–ईस्टेशनको सिलान्यास गर्नुभएको छ । नगरपालिकामा केन्द्रिय विद्युत् प्रसारण लाइन विस्तार भए संगै रास्कोट नगरपालिकामा सब–स्टेशन निर्माणको काम सुरु गरिएको हो । जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले वडा न.६को नमुना बस्तिमा ३३ केभीए सब–स्टेशन निर्माणको कार्यलाई तीब्रता दिइएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

नेपाल विद्युत् प्राधिकरणको करीब रु ५ करोडको लागतमा सुरुचि निर्माण सेवाले काम सरु गरेको छ। रास्कोट नगरपालिका नगर प्रमुखधर्मराज शाही (पोषण),प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम, रास्कोट नगरपालिका५,७,र ६ नम्बर वडा अध्यक्ष , नगर प्रहरी प्रमुख, पत्रकार , विभिन्न राजनितिक दलका प्रमुख लागाएतको सहभागितामा शिल्यान्यास गरिएको प्राबिधिक रमेश शाहीले जानकारी दिनुभएको छ । सब–स्टेशन निर्माण सम्पन्न भएपश्चात रास्कोट नगरपालिका तथा छिमेकि पालिका लगाएत छिमेकि जिल्ला बाजुरा सम्म विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत् अभावको समस्या समाधान हुने विश्वास लिएका छन् ।

तपाईको प्रतिक्रिया