कालिकोट : उद्यमशिलता विकास तथा रोजगारी सिर्जनाका लागी ४५ दिने हाउस वायरिङ्ग तालिमको उद्घाटन गरिएको छ । गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटको समन्वय र मावन ज्ञान एकेडिमी टे्रनिङ्ग सेन्टर कालिकोटको सहजिकरणमा ४५ दिने हाउस वायरिङ्ग तालिम मान्ममा सुरु गरिएको हो । लघुउद्यम शाखा प्रमुख सरिता पाण्डेको सभाअध्यक्षतामा संचालन गरिएको कार्यक्रममा खाँडाचक्र नगरपालिका नगर उपप्रमुख गणेश बहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटका प्रमुख कृष्ण बोहोरा,उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतन बहादुर शाही, खाडाचक्र नगरपालिका वडा नं.१ का वडा अध्यक्ष धर्मराज ताम्राकार,वडा नं.८ का वडाअध्यक्ष नन्द बहादुर मल्ल, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधी, पत्रकार,लगाएतका परिक्षार्थिहरुको सहभागिता रहेको थियो ।युवाहरुलाई बिभिन्न सिपमुलक तालिमहरु सिकाएर स्वदेशमै स्वोजगार बनाउने उद्येश्यका साथ सिपमुलक तालिमहरु आयोजना गरिएको खाँडाचक्र नगरपालिका उपप्रमुख शाहीले बताउनु भयो ।
पछिल्लो समय सिपमुलक तालिमहरु प्रति यहाँका युवा तथा युवती हरुको आर्कषण बृद्धि भएको र उनीहरुको सहभागिता पनि अर्थपुर्ण रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटका प्रमुख कृष्ण बोहोराले बताए । कार्यक्रममा उपस्थितहरुले तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा लागु गर्नुका साथै समय समय भित्र अनुगमनलाई तिव्रता दिने लघुउद्यम शाखा प्रमुख सरिता पाण्डेको भनाई रहेको छ ।

कार्यक्रममा सफलताको शुभकामना व्यक्त गर्दै वडा नं.१ का अध्यक्ष धर्मराज ताम्राकारले हामिहरुले कुनैपनी कामगर्दा लक्ष्य अनुरुप अगाडी बढ्नसके मात्र सफलता हात पार्न सकिन्छ भन्ने बारेमा स्पष्ट पार्दै निरन्तर तालिममा सहभागी भैई आत्मनिर्भर भन्न समेत सुझाव दिनु भएको छ । त्यस्तै पत्रकार रत्न कार्कीले घरमा आउने साना साना समस्या आफैले समाधान गर्न सकिने सिप विकासले आम् नागरिकलाई सहज हुने अपेक्षा सहित आआफ्नो समस्या आफै समाधान गर्नेगरी दक्ष बन्न आग्रह गर्नुभएको छ ।
तिलाप्रेस । १९ बैशाख २०८२, शुक्रबार १७:३९