३९ जनाको आँखाको शल्यक्रिया 

कालिकोट : नो लिमिट्स नेपालको आर्थिक सहयोगमा ३९ जनाको आँखाको शल्यक्रिया गरिएको छ । रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकाका ३९ जनाको निशुल्क आँखाको शल्यक्रिया गरिएको हो ।

गत फागुन २३ गते देखि २५ गते सम्म सान्नी त्रिवेणी गाउँपालिकामा संचालन गरिएको निशुल्क आँखा शिविरमा चेकजाँच गरि शल्यक्रिया गर्नु पर्ने आँखाको विरामिको शल्यक्रिया गरिएको हो । आर्थिक अबस्था कमजोर भएका र पैशाको अभावमा जिल्ला वाहिर गएर आँखाको शल्यक्रिया गर्न नसकेका विपन्न वृद्दवृद्दालाई संस्थाले आफ्नै लगानिमा सुर्खेत लगेर आँखाको शल्यक्रिया गरेको हो ।

सिविरमा चेकजाँच गराई शल्यक्रिया गर्नु पर्ने आँखाका विरामि छनौट गरि सुर्खेत लगेर विशेषज्ञ आँखा चिकित्सक द्वारा शल्यक्रिया गरिएको नो लिमिट्स नेपालका अध्यक्ष खेमराज शाहिले बताउनु भयो । संस्थाको आर्थिक सहयोगमा निशुल्क आँखाको शल्यक्रिया गरि उज्यालो संसार देखाउन सहयोग गर्ने संस्थालाई विरामिले धन्यवाद दिएका छन ।
यो पटक सुर्खेत लगेर आँखाको सल्यक्रिया गरिएको त अर्को पटक वाट पालिकामै आँखाको शल्यक्रिया गर्ने गरि पहल गर्ने अध्यक्ष शाहिले बताए ।

तपाईको प्रतिक्रिया