युवाहरूको सक्रियतामा राष्ट्रिय झण्डाले प्रतिमाचोक झिलिमिली

कालीकाेट : युवाहरुकाे सक्रियतामा राष्ट्रिय झण्डाले जिल्लाकाे प्रतिमाचाेक वरिपरि राष्ट्रिय झण्डा राखेर झिलिमिले गरेका छन् ।योगी नरहरीनाथकाे सम्झना र नयाँ वर्षको अवसरमा प्रतिमा चोक वरिपरि राष्ट्रिय झन्डा राखेर झिलिमिली गरेकाे युवा नेता नवीन शाहीले शाहिले बताए । राष्ट्रप्रतिको सम्मान र राष्ट्रिय एकताको प्रतीक देखाउनु भएको हो। युवाहरुले राष्ट्रप्रतिको सम्मान र राष्ट्रिय एकताको प्रतीक देखाउनु भएकाे हाे ।

विशेषगरी सार्वजनिक स्थल  चोक, ऐतिहासिक स्थलमा राष्ट्रिय झन्डा राख्नुका साथै यतिबेला प्रतिमाचाेक आकर्षककाे केन्द्रबिन्दु बनेको छ फरफराइरहेको झन्डाले जो कोहीलाई लोभ्याउने गरेको युवानेता तथा समाजसेवी दिपक शाहीले बताए ।

साथै उहाले भन्नुभयाे मान्म  बजार पुग्ने बित्तिकै यहाँ आउने पर्यटक तथा जो कोहीले चोकमा फोटो खिच्ने गरेको हुदा यस्लाई व्यवस्थित गर्नुका साथै राष्ट्रिय एकताको प्रतीक झल्काउन खाेजेकाे बताउनु भयाे । अबका दिनमा यस्ता खालका कार्यहरु निरन्तर गरिरहने समेत शाहिले बताए।

तपाईको प्रतिक्रिया