कमल कुमाल कालिकोट: जिल्लाको रास्कोट नगरपालिका वडा नं.३ मा संचालन गरिएको मेयर हेल्थ केयर कार्यक्रम अन्तर्गत एक सय भन्दा बढी सेवाग्राहीहरुले सेवा लिएका छन् । रास्कोट नगरपालीकाले महिनाको एक पटक मेयर हेल्थ केयर कार्यक्रम संचालन गर्ने निती लिएसँगै पछिल्लो समय मेयर हेल्थकेयर कार्यक्रम प्रभावकारी बन्दै गएको छ । भरोसा होस नगर माथि गाउँघरमा स्वास्थ्यकर्मी साथी”भन्ने मुलनाराका साथ,, रास्कोट नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा पन्चदेवल आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नम्बर ३ अन्तर्गत मालिका आधारभूत बिद्यालय कोलिगाउँ मा मेयर हेल्थ कार्यक्रम सन्चालन गरिएको थियो ।
जसमा पुरुष–३५ महिला–६६ गरि जम्मा १सय १ जना जेष्ठ नागरिक तथा गर्भवती र अन्य स्वास्थ्य समस्या भएका सेवाग्राहीले सेवालिएको कार्यक्रमका संयोजक नमराज न्यौपानेले जानकारी दिनुभयो । घर–घरमा एकीकृत सेवा दिने नीति तथा कार्यक्रम अनुसार नगरपालिका भित्र रहेको नगरिकलाई भिडियो एक्सरे सेवा,सुगर जाँच,गर्भवती चेकजाँच, जेष्ठ नागरिक लगाएतका अन्य बिरामीहरुको लागि सुगर, प्रेसर परीक्षण जस्ता सेवाहरु घरदैलामै पुगेर निःशुल्क प्रदान गर्दै आईरहेको छ ।





तिलाप्रेस । १५ बैशाख २०८२, सोमबार १७:५९