यूवा मानव अधिकार रक्षक तथा निर्वाचित जनप्रतिनिधि र सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम

कालिकोट: जिल्लाको सदरमुकाम मान्ममा मानव अधिकार तथा सामाजिक न्याय अभियान भन्ने मुल नाराका साथ यूवा मानव अधिकार रक्षक,निर्वाचित जनप्रतिनिधि र सरोकारवाला विच मानव अधिकार रक्षकहरुको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार रक्षकहरूको अधिकार र संरक्षणका सवालमा केन्द्रित एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

कार्यक्रममा युवा मानवअधिकार रक्षकहरू, निर्वाचित जनप्रतिनिधिहरू तथा सम्बन्धित सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले मानवअधिकार रक्षकहरूलाई हुने चुनौती, जोखिम, तथा उनीहरूको सुरक्षाका उपायहरूबारे गहिरो छलफल गरेका थिए । कार्यक्रममा बोल्दै वक्ताहरूले मानवअधिकार रक्षकहरूको भूमिकालाई आत्मासाथ गर्दे अगाडी बढ्नु पर्नेजोड दिएका थिए।कार्यक्रममा बोल्दै रोयल नेपाल कर्णाली प्रदेशका संयोजक सन्तोस बिक ले संस्थाको बारे जानकारी दिदै यो कार्यक्रम कर्णाली प्रदेशका १० वटै जिल्लामा संचालन भैरहेका समेत उहाँले स्पष्ट पार्नुभएको छ । यो संस्थाले विगत देखी युवा मानव अधिकार सम्बन्धीका सवालीकरणलाई निरन्तरता दिदै मानवअधिकार संरक्षणका लागि राज्यका निकाय, स्थानीय सरकार,नागरिक समाज र संचार माध्यमबीच समन्वय आवश्यक रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा यूवा मानव अधिकार रक्षक संज्याल कालिकोटका अध्यक्ष निस्ता कार्कीको सभाअध्यक्षतामा संचालन गरिएको कार्यक्रममा संबिधान सभा सदस्य तुलराज विष्ट,खाडाचक्र नगरपालिका उपप्रमुख ,गणेश बहादुर शाहि, शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मकला शाहि, उद्योग वाणिज्य संघ कालिकोट अध्यक्ष रतन वहादुर शाहि , नेपाल बार एशोसियन कालिकोट अध्यक्ष अम्मलराज शाहि ,खाँडाचक्र नगरपालिका वडा नं.१ का अध्यक्ष धर्मराज ताम्राकार ,शान्नित्रिवेणी गा पा ३ का अध्यक्ष ,रंगलाल देवकोटा, रोयल नेपाल कर्णाली प्रदेशका संयोजक सन्तोस बिक,लगाएत सरोकारवाला निकाय,जनप्रतिनिधी,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी,पत्रकार लगाएतको सहभागिता रहेको थिए ।

कार्यक्रमको संचालन भने यूवा मानव अधिकार रक्षक संज्याल कालिकोटका सचिव रविन्द्र विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा सहभागि सम्पूर्णले केही प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया