बालभिटा अभिमुखिकरण तथा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न

कालिकोट जिल्लाको रास्कोट नगरपालिका अन्तर्गत फुकोट स्वास्थ्य चौकीको आयोजनामा महिला स्वास्थ्य स्वयंसेविका तथा ६ देखि २३ महिना सम्मका बालबालिका भएका आमाहरुलाई लक्षित गरी बालभिटा अभिमुखिकरण तथा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ ।

कार्यक्रममा सहभागीहरुलाई बालभिटाको महत्व बारे जानकारी दिदैं, प्रयोग र वितरण प्रक्रिया सम्बन्धि जानकारी समेत  प्रदान गरिएको छ ।अभिमुखिकरण कार्यक्रम पश्चात बालभिटा वितरण गरिएको र अबदेखि बालभिटा वितरणको जिम्मा महिला स्वास्थ्य स्वयंसेविकाहरुले सम्हाल्ने  रास्कोट नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा स्वास्थ्य चौकी फुकोटका सुचना अधिकारी शंकर प्रसाद बरालले बताउनु भयाे   ।

६ देखि २३ महिनासम्मका बालबालिकाहरुका आमाहरुलाई आ(आफ्नो टोलका स्वयंसेविकाहरुसँग सम्पर्क गरी बालभिटा लिन अनुरोध समेत गरिएको छ।यसै क्रममा बालबालिकाको वृद्धि अनुगमन तथा खोपको अवस्था पनि समीक्षा गरिएको थियो । बैशाख महिना खोप महिना भएको हुँदा खोप छुट भएका बालबालिकाको पहिचान गरी  बैशाख १० गते नियमित खोपमार्फत पूर्ण खोप सुनिश्चित गरिने जानकारी दिइएको छ।

आगामी दिनमा पनि यस्तै अनुकरणीय कार्यको अपेक्षा गर्दै समग्र रास्कोट नगरपालिका स्वास्थ्य शाखा र सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सेवाग्राही सम्पूर्णलाई स्वास्थ्य सेवा कार्यालय कालिकोट जनस्वास्थ्य अधिकृत कटक महतले धन्यवाद समेत व्यक्त गर्नुभएकाे छ ।

तपाईको प्रतिक्रिया