कालिकोट : जिल्लाको रास्कोट नगरपालिका वडा नं.९ अन्तर्गत बालुखेतदेखि वडा कार्यालय सम्म निर्माणाधीन मोटरबाटोको ढलान कार्य (RCC÷PCC) को स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ ।रास्कोट नगरपालिकाका प्राविधिक शाखा प्रमुख विनोद सुवेदी तथा योजना शाखाका प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थितिमा उपभोक्ता समिति मार्फत सञ्चालन भइरहेको आयोजनाको अनुगमन गर्नु भएको हो ।
अनुगमन गर्ने क्रममा सुवेदीले भने स्थानीय विकासलाई प्रथामिकता दिँदै गुणस्तरमा कमी कमजोर हुन नदिनका लागी र कार्यको गुणस्तर, प्रगति र पारदर्शितालाई प्राथमिकता दिनका लागी आफुहरुले नगरपालिका भित्र रहेको विभिन्न योजनाको अनुगमनलाई तिव्रता दिएको समेत उहाँले बताउनु भयो । निमार्णधीन अवस्थामा रहेका सडकको भने कुल लागत ४० लाख लगानीमा रहेको छ । जसमा (रास्कोट नगर र LISPको साझेदारीमा) निमार्ण भैरहेको हो ।





तिलाप्रेस । ८ बैशाख २०८२, सोमबार ११:३६