अनेम संघ (समाजवादी) कालिकोटको अध्यक्षमा सिंह 

कालिकोट चैत ३१ गते :नेकपा (एकिकृत समाजवादी) पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) कालिकोटको अध्यक्षमा पुस्पा सिंह चयन भएकी छन् । आइतबार रास्कोटमा सम्पन्न सातौ जिल्ला सम्मेलनबाट सिंहको अध्यक्षतामा ३५ सदस्यीय नेतृत्व चयन गरि जिल्ला कमिटी घोषणा गरिएको हो ।त्यस्तै उपाध्यक्षमा दुर्गा बिष्ट ,सचीव अम्बिका जैसी, कोषाअध्यक्ष बिजकन्या बराल, उप– सचीव धर्मकन्या बम लगाएत रहेका छन् । सम्मेलन अनेम संघकी पुर्व जिल्ला अध्यक्ष किष्णकला पाण्डेको सभा अध्यक्षता साथै नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रिय उपाध्यक्ष, पुर्वमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समाजवादी प्रेस संघठन जिल्ला उपाध्यक्ष प्रभुराम पाण्डेले जानकारी दिएका छन्

तपाईको प्रतिक्रिया