कालिकोट : नेकपा एकिकृत समाजवादीको १० औं जिल्ला अधिवेशन रास्कोट नगरपालिकामा हुने भएको छ । उक्त अधिवेशनमा नेकपा एकिकृत समाजवादी पार्टिका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यही चैत ३० गते अर्थात भोलि कर्णाली राजमार्ग हुँदै रास्कोट नगरपालिकामा आउँदै हुनुहुन्छ ।
उनले रास्कोट नगरपालिका–५ स्थित आरसिपी बजारमा आयोजना हुने पार्टीको १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यसपटक अध्यक्ष नेपालले हवाईमार्ग प्रयोग नगरी कर्णाली राजमार्गको अवलोकन गरि रास्कोट प्रवेश गर्ने कार्यक्रम रहेको रास्कोट नगरपालिका उपप्रमुख मनिराज बराल तथा वडा नं.३ का अध्यक्ष राजिन्द्र नाथ योगीले जानकारी दिनुभएको छ ।
कर्णाली राजमार्गको अवस्था आफैंले हेर्न चाहेको र यहाँका जनताले भोगिरहेका समस्याहरू बुझ्न र समस्यालाई सदन र संसदमा कुरा राख्नका लागी पनी यात्रा गर्न लाग्नुभएको जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेले बताए । गाउंलेका अनुसार, भेला अध्यक्ष नेपालको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ। “दशौं जिल्ला भेला पार्टी सुदृढीकरण, सांगठनिक एकता र भावी राजनीतिक कार्यदिशा तय गर्न महत्वपूर्ण हुने विश्वास लिएका छौं उहाँले भन्नुभयो ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री प्रकाश ज्वाला, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही, पोलिटब्यूरो सदस्य अमरबहादुर थापा, प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, सचिव धीरबहादुर विष्ट, संविधानसभा सदस्य तुलाराज विष्ट, जिल्ला इन्चार्ज तुलाराज सिम्खडा र सह–इन्चार्ज विजया विष्टलगायत नेताहरूको सहभागिता रहनेछ । सांस्कृतिक कार्यक्रमका रूपमा देउडा, झाँक्री नाच र अन्य प्रस्तुति पनि हुनेछन्।
तिलाप्रेस । २८ चैत्र २०८१, शुक्रबार २०:४६