कालिज फर्ममा एक्कासि ३५ वटा कालिज मरे: व्यवसाय कर्ण कुमाललाई लाखौँको क्षति

कालिकोट आत्मनिर्भर बन्ने लक्ष्यसाथ कालिज पालन गर्दै आएका पत्रकार कर्ण कुमाललाई ठूलो आर्थिक क्षति पुगेको छ । हिजो राति कुमालको कालिज फर्ममा एक्कासि ३५ वटा कालिज मरेका छन्। प्रारम्भिक अनुमानअनुसार झण्डै ३ लाख रुपैयाँ बराबरको क्षति भएको कुमाल बताए।

उहाँले पछिल्लो केही समय यता कालिज पालन व्यवसायमार्फत परिवारको दैनिक खर्च व्यवस्थापन गर्दै आएका थिए। बैदेशिक रोजगारीको विकल्पका रूपमा गाउँमै केही गर्ने उहाँको सोच थियो,यही व्यवसायबाट आत्मनिर्भर बन्ने प्रयास गर्दै थिएँ कुमालले भने । के कारण मरे भन्ने अझै पुष्टि हुन सकेको छैन,के कारणले कालिज मरे, एकिन भएको छैन,तर यस्तो ठूलो क्षति बेहोर्नुपर्दा निकै दुख लागेको छ कुमालले भने ।स्थानीय तह तथा सम्बन्धित निकायले अनुसन्धान गरी आवश्यक सहयोग गर्नुपर्ने माग कुमालले राखेका छन्।गाउँमै बसेर केही गर्ने सोच बनाउनेहरूका लागि यस्तो घटना निराशाजनक हुन्छ उहाँले दुःख व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया