कालिकोट : जिल्लाको रास्कोट नगरपालिका वडा नं. ३ मा निर्माणाधीन अवस्थामा रहेकाे खानेपानी तथा सरसफाइ याेजनाकाे अनुगमन गरिएको छ ।
साेमबार हेल्भेटास नेपालका वास अफिसर बिज्ञान नेपाली, प्राबिधिक सहजकर्ता प्रेम रेस्मी, हुरेन्डेक नेपाल कालिकोटका सब इन्जिनियर बसन्त जङ्ग शाह, सामाजिक सहजकर्ता धर्म सेजुवाल, रास्कोट नगरपालिका वाड नम्बर ३ का वडा अध्यक्ष राजेन्द्र नाथ योगि, नगरपालिका प्राबिधिक गणेश तिरुवा कुमालबाडा नैकला खानेपानी सरसफाइ उपभोक्ता समितीका अध्यक्ष मन्दिरे कुमाल लगायत उपभोक्ता समिति का पदाधिकारी हरुले मुहान देखि टंकी कलेक्स च्याम्बर,पाइप लाइन हुँदै धारा सम्मकाे विस्तृत अनुगमन गर्नुभएको छ ।
यस योजनाले कुमालबाडा नैकाला तथा नजिकका क्षेत्रमा बसाेवास गर्ने नागरिकका लागि सरल र सहज हुने हुरुन्डेक नेपाल कालिकोट सब ईन्जिनियर बसन्त जंग शाहले बताउनु भयाे । साथै वडावासीलाइ शुद्ध पानीको पहुँचमा पुर्याउन र सरसफाइको अवस्थालाई सुधार गर्न याे याेजनाले महत्त्वपूर्ण भुमिका खेलेकाे बताए ।

यस्तै वडा अध्यक्ष राजेन्द्र नाथ याेगिले भन्नुभयाे कार्यक्रमको सफलता र दीर्घकालीन प्रभावको लागि हामीले स्थानिय समुदायको सक्रिय सहभागिता र अनुगमनलाई तिव्रता दिएकाे समेत बताए ।।
।
तिलाप्रेस । २४ चैत्र २०८१, सोमबार १९:१७