आ.ब २०८१÷८२ को अर्धवार्षिक कार्यक्रमहरुको प्रगति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

कालिकोट चैत २५ गते : स्वास्थ्य सेवा कार्यालय कालिकोटले ७ अप्रिल २०२५ – विश्व स्वास्थ्य दिवसको अवसरमा, आ.ब २०८१÷८२ को अर्धवार्षिक अवधिमा सम्पन्न स्वास्थ्य कार्यक्रमहरूको प्रगति बारे स्वास्थ्यकर्मी  तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि प्रगति विवरण प्रस्तुत गरिएको छ ।

कार्यक्रममा निःस्वास्थ्य सेवा व्यवस्थापक डा. भीष्म पोखरेको सभाअध्यक्षतामा संचालन गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला समन्वय समितिका प्रवक्ता अजय बम,नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोटका उपाध्यक्ष राधिका कुमारी बराल,जिल्लामा क्रियाशिल पत्रकार संचारकर्मी,स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अर्धवार्षिक स्वास्थ्य कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गर्दै, मेडिकल सुपरीवाइजर अनिल यादवले गत वर्षको तथ्याङ्कलाई आधार मानेर केही सकारात्मक परिवर्तन भएको जानकारी दिनुभयो । त्यसै गरी,निःस्वास्थ्य सेवा व्यवस्थापक डा. भीष्म पोखरेलले स्वास्थ्य कार्यक्रमहरूको प्रगति र जनस्वास्थ्यका क्षेत्रमा सञ्चारकर्मीहरूको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै स्वास्थ्य सेवा क्षेत्रमा भएका सुधारात्मक कदम र योजनाबारे विस्तृत जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महलले भने, “विगतका दिनहरूभन्दा अब हाम्रो स्वास्थ्य सेवा क्षेत्रमा केही परिवर्तनहरू आएको र जिल्ला अस्पताल कालिकोट र अन्य पालिकामा रहेका स्वास्थ्य केन्द्रहरूले राम्रो सेवा प्रवाह गरेको बताए । यस कार्यक्रमले स्वास्थ्य क्षेत्रका प्रगति र सुधारको बारेमा थप जानकारी प्रदान गर्दै, सञ्चारकर्मी र स्वास्थ्यकर्मी जनस्वास्थ्यको क्षेत्रमा सँगै काम गर्ने उत्साह र प्रेरणा प्रदान गरेका छन् ।

तपाईको प्रतिक्रिया